लेकाली अनलाइन
मंसिर ९, रुकुम ।
रुकुममा जीप दुर्घट्ना हुदाँ ७ जनाको मृत्यु भएको छ भने ३ जना घाईते भएका छन् ।
रुकुम पूर्वको सदरमुकाम रुकुमकोटबाट पश्चिमको सदरमुकाम खलंगा आउँदै गरेको ग १ ज ४२६० नम्वरको जीप शुक्रबार साँझ साढे ७ बजेतिर मुसीकोट नगरपालिका ६, कालीमाटीमा दुर्घटना भएको हो ।
प्रहरीका अनुसार मृत्यु हुनेमा प्रहरी निरीक्षक द्वय नवीन श्रेष्ठ र अनिता प्रधान छन् । उनीहरु बिहे गरेर घर भित्रिएर फर्कदै गरेका थिए । बिहीबार मात्र बिहेपछि अनिता माइती घरबाट इटहरीस्थित नवीनको घर भित्रिएकी थिइन् ।
त्यसैगरी मुसीकोट नपा १ का शेरबहादुर श्रेष्ठ, सुरेखा शाह श्रेष्ठ र सुधन श्रेष्ठको पनि मृत्यु भएको छ । शेरबहादुर बाबु हुनभने सुरेखा छोरी र सुधन छोरा हुन् । यस्तै मुसीकोट १ कै जनक शाह र त्रिवेणी गापा(१ की यमुना मल्लको पनि मृत्यु भएको छ ।
घाइते हुनेमा चालक दाङका प्रेम थापा, सहचालक बाँफिकोट गापा रुकुम पश्चिमका प्रेम केसी र दाङकै टेकबहादुर खत्री छन् । तीनै जना घाइतेको जिल्ला अस्पताल रुकुम पश्चिममा उपचारपछि नेपालगञ्ज पठाइएको छ
जीप सडकबाट करिव १५० मिटर तल खसेको प्रहरीले बताएको छ । मृत्यु हुनेमा ३ जना महिला, ४ जना पुरुष रहेका छन् ।
फाेटाे फाइल