लेकाली अनलाइन
मंसिर ९, झापा ।
नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीको घरमा बम विस्फोट भएको छ ।
ओलीको झापाको दमक नगरपालिका ५ मा रहेको घरको गेटमा शनिबार विहान बम विस्फोट भएको हो ।
पूर्वी गेटमा भएको विस्फोटमा मुख्य गेटमा क्षति पुगेको इलाका प्रहरी कार्यालय दमकका प्रहरी नायव निरीक्षक दिपक गिरीले बताएका छन् ।
यस्तै त्यहिँ नजिकै अर्को विस्फोटक पर्दाथ पनि भेटिएको छ । त्यसलाई सुरक्षाकर्मीले घेराहालेर राखेका छन् । विस्फोटक पदार्थलाई निष्क्रिय पार्नका लागि नेपाली सेना पुगेको छ । घटनाका बारेमा थप विवरण आउन बाँकी रहेको छ ।
एमाले अध्यक्ष ओली अहिले चुनावी प्रचारका क्रममा विभिन्न जिल्ला दौडाहामा छन् । ओली झापा क्षेत्र नम्बर ५ बाट प्रतिनिधिसभा उम्मेदवार रहेका छन् ।