• २०८० मङ्सिर २१ गते बिहिवार
  • Preeti To Unicode

एक बोतल दूधको मूल्य झण्डै डेढ लाख !


लेकाली अनलाइन 
मंसिर ९,  काठमाण्डाेँ । 
तरकारीको भाउ बढेर आकाश छुन थालेको देखेर हामी चिन्तित छौं । तर यो दुनियाँमा एउटा यस्तो देश छ जहाँ अहिले बढेको महँगीको बारेमा थाहा पाउनुभयो भने सायद तपाईंलाई हरेक दिन किन्ने तरकारी तथा दूध सित्तैमा पाएजस्तो लाग्नेछ ।

हो, भेनेजुयलाको महँगीको बारेमा सुन्दा नै होसहवास् उड्छ । त्यहाँ एक बोतल दूधका लागिसमेत मानिसहरुले झण्डै डेढ लाख रुपैयाँ तिर्नुपरेको छ ।

भेनेजुयला चरम आर्थिक संकटबाट गुज्रिरहेको छ । देशको ढुकुटीमा पैसा रित्तिँदै गएको छ र केन्द्रीय बैंकसँग केवल १० अर्ब डलर मात्रै बचत छ । देश ऋणले थला परेको छ । यहाँको मुद्रा बलिभरको चरम अवमूल्यन छ । एक अमेरिकी डलर बराबर ८४ हजार बलिभर मुद्रा पुगेको छ ।महँगी चरम बनेपछि मानिसहरुको आयस्तरले जीवन धान्नै मुस्किल परेको छ ।

एजेन्सी

प्रकाशित मिति : २०७४ मङ्सिर ९ गते शनिवार