• २०८० मङ्सिर १९ गते मङ्गलवार
  • Preeti To Unicode

लडेर घाईते भएकालाई सल्यानमा राप्रपाको सहयोग


लेकाली अनलाइन
मसिंर ९, सल्यान ।
सल्यानमा लडेर घाईते भएका एक जनालाई राष्टिूय प्रजातन्त्र पार्टि सल्यानले उपचारमा आर्थिक सहयोग गरेको छ ।
जिल्लाको शारदा नगरपालीका वडा नं. ४ साईलाकम्दका लडेर घाईते भएर घरमै उपचार गराईरहेका शालीकराम कवरलाई राष्टिूय प्रजातन्त्र पार्टि सल्यानका प्रदेश सभा क्षेत्र नं. ख का उम्मेद्धार राजेन्द्र विर रायले उपचारमा आर्थिक सहयोग गरेका हुन् । शरिरको सम्पुर्ण भाग नचल्ने अबस्थामा पुगेका कवरलाई रायले शनिबार नगद १७ हजार सहयोग गरी उपचारका लागी नेपालगञ्ज पठाएका हुन । नेपालगञ्ज मेडिकल कलेजमा उपचारमा लाग्ने सम्पुर्ण खर्च समेत रायले ब्यहोर्ने कवरका भाई भोजराज कवरले जानकारी दिएका छन् ।
कवर गत भदौमा लडेर घाईते भएका कवर नेपालगन्ज, काठमाण्डौ गएपनि आर्थिक अभावका कारण उपचार पुरा नगरी घर फकेका थिए ।

प्रकाशित मिति : २०७४ मङ्सिर ९ गते शनिवार