• २०७७ असोज ६ गते मङ्गलवार
  • Preeti To Unicode

काँग्रेसले ४८ सालको इतिहास सल्यानमा दोहर्याउछ ः पुर्व मन्त्री शाह


लेकाली अनलाइन
मंसिर ९, सल्यान ।

नेपाली काँग्रेस सल्यानबाट प्रदेश सभाका उमेदवार राजेन्द्र बहादुर शाहले सल्यान जिल्लामा फेरी काँग्रेसले ४८ सालको इतिहास दोह¥याउने निश्चित भएको दावी गरेका छन् हुन् । निर्वाचन क्षेत्र नं १. सल्यानको चुनावी आमसभा तथा अगुवा कार्याकर्ता भेला कार्यक्रमलाई आज दार्मा गाउपालिकाको फारुलामा सम्वोधन गर्दै उनले नेपाली काँग्रेस सल्यान विजयको जनताको घर आगनमा पुगिसकेकोले काँग्रेसले ४८ सालको इतिहास सल्यानमा दोह¥याउने दावी गरेका छन् ।

सभालाई सम्वोधन गदै अर्का प्रदेश सभाका उमेदवार एकराज डाँगीले अहिलेको चुनाव भनेको लोकतन्त्र र सर्वसत्ताबादको विचको लडाई भएकाले लोकतन्त्रको रक्षाको लागि सल्यानी जनताले नेपाली काँग्रेसलाई नै मत दिनुपर्ने बताएका छन् । युवाहरुलाई लक्षित गर्र्दै नेता डाँगीले युवाहरुको हकहित र इज्जतका लागि काँग्रेसले नै जितनु पर्ने बताएका हुन् । नेपाली काँग्रेको विजय सुनिश्ति भएकाले कुनै पनि सल्यानी जन समुदायी कत्ति पनि विचलित नभएर ढुक्कले नेपाली काँग्रेसलाई मतदान गर्न डाँगीले आग्रह गरेका छन् । नेता डाँगीले मतदान गर्ने दिन नजिक आई सकेकाले सवै वडाहरुमा काँग्रेसजनहरु क्रियाशिलताका साथ लाग्न आग्रह गरेका छन् । कार्यक्रमा समानुपातीक उमेदवार पदमा शाह, उपसभापती निमवहादुर वली लगाएतले सम्वोधन गरेका थिए ।

कार्यक्रमको अध्यक्षता नेपाली काँग्रे सल्यानका सभापती गणेश चन्दले गरेका थिए भने संचालन सविच चक्र देवकोटाले गरेका थिए । यसै विच क्षेत्र नं.२ सल्यानका उमेदवार डिल्लीराज रेग्मी शनिबार बनगाड कुपिण्डे नगरपालिकाको निगाल्चुला र माझकाडाका चुनावी कार्यक्रमहरुमा ब्यस्त रहेको नेपाली काँग्रेस सल्यानले जनाएको छ ।

प्रकाशित मिति : २०७४ मङ्सिर ९ गते शनिवार