• २०८० मङ्सिर २० गते बुधवार
  • Preeti To Unicode

सुनसान भयो थबाङ, खाली मतपेटीका फर्काउने स्थानीयको प्लान ?


लेकाली अनलाइन
मंसिर १०, रोल्पा ।
बिहानै देखि रोल्पाको थबाङ सुनसान रहेको छ । पहिलो चरणको निर्वाचनको मतदान आज विहान ७ बजेबाट सुरु भएपनि रोल्पाको थबाङ सुनसान भएको हो ।

यो समाचार तयार पार्दासम्म रोल्पाको थबाङमा मतदान सुरु हुन सकेको छैन । मतदान केन्द्रमा सुरक्षाकर्मी र कर्मचारी मात्रै देखिएका छन् । चिसोको कारण मतदाता बाहिर ननिस्केका हुन् वा मतदान नै नगर्ने हुन् अहिले नै केही भन्‍न नसकिने बताइएको छ ।

हिजो साँझ मात्र नेपाल कम्युनिस्ट पार्टीका कार्यकर्ता र स्थानीयनीयहरुले थबाङमा खाली मतपेटीका फर्काउने भन्दै मशाल जुलुस समेतसहित चुनाव खारेज गर्नु पर्ने नाराबाजी गरेका थिए ।

प्रकाशित मिति : २०७४ मङ्सिर १० गते आइतवार