लेकाली अनलाइन
मंसिर १०, ताप्लेजुङ ।
ताप्लेजुङको एक मतदान केन्द्रमा मतपेटिका राखिएको स्थलमुनि बम गाडेको भेटिएको छ ।
आठराई गाउँपालिका(३ सरस्वती माविको हाङपाङ निर्वाचन केन्द्रमा मतपेटिका मुनि प्रेसर कुकुर बम भेटिएपछि भोट हाल्न गएकाहरु भागाभाग भएको स्थानीयहरुले बताएका छन् । अहिले त्यहाँ मतदान स्थगित गरिएको ताप्लेजुङका मुख्य निर्वाचन अधिकृत कृपासुर कार्कीले जानकारी दिएका छन् ।
बम रहेको स्थलमा हाल नेपाली सेनाको बम डिस्पोजल टोलीले बम डिस्पोजल गर्दै गरेको र बम हटाएपछि पुन निर्वाचन सुरु हुने निर्वाचन अधिकृत कार्कीले बताए ।
फाेटाे फाइल