• २०७८ साउन १८ गते सोमवार
  • Preeti To Unicode

सल्यानी गायक यज्ञ विकको “खोलि किनारा” मा रामजि खाँड ……….. (भिडियाे सहित)


लेकाली अनलाइन
मंसिर १०, सल्यान ।
सल्यानी गायक यज्ञ विकको मौलीक लोकदोहोरी गीत सार्वजनीक भएको छ ।
सल्यानमा जन्मीएर लोक गीतसंगीतमा अडिएका यज्ञको “खोलि किनारा” बोलको भिडियो सहितको गीत युटुबमा सार्वजनीक भएको हो । गीलमा चर्चित गायीका देवि घर्ति, उनै यज्ञ विकको आवाज रहेको छ । गीतको लय, शब्द सर्जक तथा गायक सुजन लम्सालले गरेका छन् ।
उक्त गीतको म्युजिक भिडियोमा चर्चित गायक रामजि खाँड र करिश्मा ढकालले अभिनय गरेका छन् । मौषम हिमालीले निर्देशन र नविन घर्ति मगरले सम्पादन गरेको भिडियोको छायांकन दुर्गा पौडेलले गरेका छन् । गीत सार्थक डिजिटल प्रालीको युटुब च्यानल बाट सार्वजनीक भएको छ ।

भिडियाे हेर्नुहाेस्

प्रकाशित मिति : २०७४ मङ्सिर १० गते आइतवार