• २०८० मङ्सिर १९ गते मङ्गलवार
  • Preeti To Unicode

सल्यानका विद्यार्थीको दाङमा “सल्यानी आवाज”


हेमराज परिवर्तन, लेकाली अनलाइन
मंसिर १० दाङ ।
सल्यानी बिध्यार्थी मन्च दाङले प‍काशन गरेको सल्यानी आवज पुस्तकको बिमोचन गरिएको छ ।
सल्यान बाट अध्ययनको लागि दाङमा गएका विद्यार्थिहरुले संयुक्त रुपमा निकालेको सल्यानी आवाजको आज नेपाल पत्रकार महासङ्घ दाङको हलमा एक कार्यक्रमका बिच विमोचन गरिएको हो ।
सल्यानी बिध्यार्थी मन्च दाङ का अध्यक्ष वीर बहादुर बोहराको सभापतिमा भएको कार्यक्रममा प्रमुख अतिथि मन्चका संरक्षक तथा सल्लाहकार डा. कृष्ण राज डि.सि.,बिशिस्ट अतिथि राप्ती साहित्य परिषद दाङ शाखा का कार्य बहाग अध्यक्ष नगेन्द्र गुरु, अतिथिहरु पत्रकार महासंघ दाङका उपाअध्यक्ष डिल्ली मल्ल ,ग्लोबल मिडिया हाउस दाङ का शाखा प्रबन्ध मनोज बाबू मनोहर
को रहेको थियो । मन्चका उपाध्यक्ष हेमराज परिवर्तनको स्वागत मन्तव्य बाट सुरु भएको कार्यक्रमको संचालक सचीव प्रेम बहादुर वलिले गरेका थिए ।

प्रकाशित मिति : २०७४ मङ्सिर १० गते आइतवार