• २०७७ कार्तिक ८ गते शनिवार
  • Preeti To Unicode

स्वतन्त्र भन्नेले पार्टीको झण्डा लिएर अवसरवादी चरित्र प्रदर्शन गरे ः बस्नेत


लेकाली अनलाइन
मंसिर १०, सल्यान ।
नेकपा माओवादी केन्द्रका नेता तथा बाम गठबन्धनका तर्फबाट सल्यानका प्रतिनिधि सभाका उम्मेद्वार टेक बहादुर बस्नेतले स्वतन्त्र भन्नेहरुले पार्टीको झण्डा लिएर अवसरवादी चरित्र प्रदर्शन गरेको बताएका छन ।

दुवै डुंगामा खुट्टा राखेर स्वतन्त्र भनिने उम्मेद्वारले राम्रो नगरेको भन्दै दुस्साहसपुर्ण तरिकाले नलाग्न बागि उम्मेद्वारलाई आग्रह गरेका छन । पार्टीको सचिवालय समिति बैठकपछिका निर्णय सार्वजनिक गर्न खलंगामा आयोजना गरेको पत्रकार सम्मेलनलाई सम्बोधनका क्रममा उनले पार्टीको चिन्ह लिएर स्थानिय स्तरमा कार्यकर्ता र जनतालाई भ्रममा नपार्न अनुरोध गरेका छन ।
त्यस्तै पार्टीका जिल्ला इन्चार्ज नेव बहादुर कवरले पार्टीको आधिकारीक हामी हौ भन्दै प्रचारमा हिडेकालाई पार्टीको सचिवालय मिटिङले क्लियर गरिदिएको बताएका छन । हिजो पार्टीको सचिवालय बैठकले पार्टीका जिल्ला संयोजक कर्ण बहादुर बुढाथोकी लाई हटाएर संयोजकमा निम बहादुर केसीलाई चयन गरेको छ । पार्टी केन्द्रको निर्णय विरुद्धमा गएको भन्दै जिल्ला संयोजक कर्ण बहादुर बुढाथोकी, नेताहरु टिकाराम वली र ज्ञान बहादुर वली लगायतलाई पार्टीको साधारण सदस्य समेत नरहने गरि कार्वाही गरेको पार्टीले सिफारिस गरेको जनाएको छ ।

त्यस्तै यस अघि कार्यालयमा रहेकाहरु कार्वाहिमा परेपछि ७ जनाको कार्यालय समूह पनि बनाइएको छ । संयोजक बनेपछि सम्मान ग्रहण गर्दै नेता निम बहादुर केसीले सामान्तवादी अवशेष अन्त्य गरेर समाजवाद स्थापना गरी नेपाल र नेपालीको समृद्धको सबै कम्यूनिष्टहरु एक भएको बताएका छन । आफुलाई लागेका कुराको समस्या समाधानका लागि वर्ग, पार्टी रहेमा मात्रै सम्भव भएको भन्दै उनले पार्टीका विरुद्धमा जानु घात हुने बताएका छन ।

प्रकाशित मिति : २०७४ मङ्सिर १० गते आइतवार