• २०७७ कार्तिक ८ गते शनिवार
  • Preeti To Unicode

रुकुममा मतपेटिका आगलागीे, मतदान फेरी हुने 


लेकाली अनलाइन
मंसिर १०, रुकुम।

मतदान प्रक्रिया चलिरहेका बेला रुकुमको दुई मतदान केन्द्रममा आगलागी भएको छ ।

जिल्लाको आठबीसकोट नगरपालिका वडा नम्बर ११ मा रहेको राष्ट्रिय माध्यमिक विद्यालय गत्तासैना मतदान केन्द्र ख’ को मतपेटिका जलाइएको छ । प्रहरीका अनुसार एसिड प्रयोग गर्दा समानुपतिकतर्फको मतपेटिका जलेको हो । घटनामा संलग्न भएको आरोपमा प्रहरीले नेपाली कांग्रेसका प्रतिनिधि केशव खड्कालाई नियन्त्रणमा लिएको छ । मतदान केन्द्रका निर्वाचन अधिकृत कृष्ण शर्माका अनुसार समानुपातिक तर्फको मतपेटिकामा अज्ञात व्यक्तिले एसिड हालेका हुन्। एसिड हाले लगत्तै समानुपातिकको मतदान रोकिएको छ । त्यहाँ फेरी समानुपातिक तर्फको निर्वाचन हुने प्रमुख जिल्ला अधिकारी वंशीकुमार आचार्यले जानकारी दिएका छन् ।

यसैबीच पश्चिम रुकुमको बाफीकोट गाउँपालिका ५ काँडामा रहेको रत्न आधारभूत विद्यालयको ‘क’ केन्द्रको प्रतिनिधिसभाको प्रत्यक्षतर्फको मतपेटिकामा आगो लागेर खसेको मत पूर्णरुपमा जलेर नष्ट भएपछि पुनः निर्वाचन हुने भएको छ । आगजनी हुने बेलासम्ममा करिब २५० को वरिपरी मत खसेको बताइएको छ । आगजनीपछि मतदान तत्कालका लागि स्थगित भएको थियो । उक्त मतदान केन्द्रमा आगामी मंसिर २१ गते नै पुनः मतदान गर्ने निर्वाचन कार्यालय रुकुमले बताएको छ ।

प्रकाशित मिति : २०७४ मङ्सिर १० गते आइतवार