• २०७८ मङ्सिर ११ गते शनिवार
  • Preeti To Unicode

सल्यानमा जिप दुर्घटना हुँदा २ जना घाईते


इन्द्र ब. बुढाथोकी, लेकाली अनलाइन
मङ्सिर १०, सल्यान ।
सल्यानमा जिप दुर्घटना हुँदा २ जना घाइते भएका छन् ।

आइताबार अपराह्न ४ बजेतिर सुर्खेतको छिन्चु देखि सुर्खेतको जामुनेबजारका लागि छुटेको भे १ ज ८५२ नम्बरको सानो इको भ्यान जिप सल्यानको बनगाड कुपिन्डे नगरपालिका १ देवस्थलको भेरी पुल नजिकै दुर्घटना हुँदा २ जना घाइते भएका हुन् । घाइते हुनेमा सुर्खेत सिम्तागाउपालिका जामुनेबजार कि अन्दाजी वर्ष २४ कि रिता बस्नेत र सिम्तागाउपालिका घोरेटाका टेक बहादुर हमाल घाइते भएका छन ।

घाइतेलाई स्थानीय मेडिकलमा उपचार भइरहेको ईलाका प्रहरी कार्यालय देवस्थले जानकारी दिएको छ । उक्त जिपमा जम्मा ८ जना यात्रु थिए ।

प्रकाशित मिति : २०७४ मङ्सिर १० गते आइतवार