• २०७७ कार्तिक १२ गते बुधवार
  • Preeti To Unicode

रुकुममा मतपेटिका बोकेको टोलीमाथि शक्तिशाली बम प्रहार


लेकाली अनलाइन
मंसिर ११, रुकुम ।
आइतबार सम्पन्न प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनको मतपेटिका बोकेको टोलीलाई लक्षित गरि बम प्रहार भएको छ ।

आइतबार बेलुकी ९:५० बजे चौरजहारी नगरपालिका-६, को घर्तीकाँडामा बम प्रहार भएको हो । उक्त टोलीले चौरजहारी नगरपालिकाका ६,१०,११,१२,१३ र १४ नम्वर वडाका मतपेटिका बोकेकोको थियो ।

बम बाटो भन्दा केही माथी परेको थियो । बमले मतपेटिका र उक्त टोलीमा कुनै क्षति पुर्‍याएको छैन । बम प्रहारपछि उक्त मतपेटिकाहरु गए राती नै इलाका प्रहरी कार्यालय चौरजहारीमा राखिएको छ ।

आजउक्त मतपेटिकाहरु सदरमुकाम ल्याउने तयारी भइरहेको प्रहरीले जनाएको छ । मंसिर २१ गतेपछि मत गणना हुने भएकाले सबै मतपेटिकाहरु जिल्ला सदरमुकाम खलंगास्थित जिल्ला समन्वय समितिको भवनमा राख्ने निर्णय गरिएको छ ।

सहायक निर्वाचन अधिकृत तेजप्रसाद पौडेलले मुसीकोट नगरपालिकाको १४, बाँफिकोट र त्रिवेणी गाउँपालिकाका १०/१०, सानीभेरी गाउँपालिकाका ९ मतदान स्थलबाट मतपेटिका जिल्लामा आइपुगेको जानकारी दिए ।

उनका अनुसार चौरजहारी र आठविसकोट नगरपालिकाका १४/१४ र सानीभेरी गाउँपालिकाका २ मतदान स्थलका मतपेटिका आज बेलुका सम्म ल्याइपुर्‍याइनेछ । -हरि गौतम/कान्तिपुरबाट

प्रकाशित मिति : २०७४ मङ्सिर ११ गते सोमवार