• २०७७ असोज २ गते शुक्रवार
  • Preeti To Unicode

सल्यानको बांगेलाखुरी देखि नेपालगञ्ज सम्म डिलक्स बस संचालन


लेकाली अनलाइन
मंसिर ११, सल्यान ।
सल्यानको बांगेलाखुरी देखि नेपालगञ्ज सम्म डिलक्स बस संचालन भएको छ ।

यात्रुहरुलाइ स्तरिय र सर्वसुलभ सेवा दिने दाबिका साथ सल्यानमा सञ्चालनमा आएको शारदा यातायात प्रालिले आज सोमबारदेखि बांगेलाखुरीबाट नेपालगञ्जका लागी डिलक्स बस संचालन गरेको हो । अबदेखि प्रत्येक दिन बिहान बाङ्गेलाखुरीबाट नेपालगन्जका लागी ७ ः ०० बजे र नेपालगन्ज बाट बाङ्गेलाखुरीका लागी ७ ः ३० बजे नियमित गाडी संचालन हुने शारदा यातायात प्रालिका सचिव गोविन्द ओलिले जानकारी दिएका छन् । आज पहिलो दिन बांगेलाखुरिबाट नेपालगञ्जका लागी ना ७ ख ३५७२ नम्बरको डिलक्स बस छुटेको उनले बताएका छन् ।

यो संगै शारदा यातायात प्रालिले अहिले पाँच वटा गाडी सल्यान–दाङ र सल्यान– नेपालगञ्ज रुटमा संचालन गरेको छ । केहि दिन अघि छत्रेश्वरी २, दहखोलाबाट लेखपोखरा, लान्ती हुदैँ दाङ तुलसीपुर सम्म र खलंगा देखि तुलसीपुर सम्म गाडी संचालन गरेको सचिव ओलिले बताएका छन् । दहखोलाबाट तुलसीपुरका लागी बिहान १० ः ३० र तुलसीपुरबाट दहखोलाका लागी बिहान ७ ः ३० मा गाडी संचालन भइरहेको उनले बताएका छन् ।

उनले भने  “अव छिट्टै अरु नयाँ गाडी थप गरेर काठमाण्डौ सम्म संचालन गर्ने तयारि भइरहेको छ । ‘रात्री बस सेवाको लागि ९० प्रतिशत काम सकिएकोले अबको केहि दिन भित्रै सल्यान देखि काठमाडौ रुटमा डिलक्स सेवा सुविधा सहितको रात्री बस सेवा सन्चालनमा आउने छ” ।

अहिले शारदा यातायातमा मिनी बस तथा ठूलो गाडी दर्ता हुने क्रम चलिरहेको उनले जानकारि दिए ।

 

प्रकाशित मिति : २०७४ मङ्सिर ११ गते सोमवार