• २०७७ असोज ८ गते बिहिवार
  • Preeti To Unicode

सल्यान बागचौरको बथानलाई विजुलीले झल्कायो


लेकाली अनलाइन
मंसिर ११, सल्यान ।
सल्यान बागचौर नागरपालिका ९ बथानमा विजुली बक्ति बलेकाे छ।

लामो समयदेखि बिजुली आउछ भनेर दमाचौरको बुराँसे देखि बथान गाउँ सम्म पोल गाडेको भएपनि वक्ति अहिले बलेको हो । जिल्लाको पूर्वी क्षेत्रमा रहेको बथान गाउँमा राष्ट्रिय प्रसारण लाइनबाट विजुली पुगेपछि स्थानीयको वक्ति बाल्ने धोका पुरा भएको छ । रोल्पासँग सीमाना जोडिएको बथानमा राजनीति अगुवा टंकप्रसाद शर्माको पहल र खगेन्द्र शर्माको सहयोगमा गाउँमा विजुली पुगेको हो । टंकप्रसाद माओवादी केन्द्रका केन्द्रीय सदस्य समेत हुन् ।

तत्कालिन ऊर्जामन्त्र प्रभारसँग गाउँमा विजुली पुर्याउन आवश्यक बजेटको लागि शर्माले पहल गरेका थिए । सडक संजालसँग जोडिएको उक्त गाउँमा विजुली पुगेपछि स्थानीय खुशी भएका छन् । नजिकै रहेको पातिहाल्ना बजार र बथानका २७–२८ घरमा रातदिन बिजुली बल्ने भएको छ । बत्ति बाल्नमात्र नभएर दैनिक जीवनका अन्य क्रियाकलापहरुमा पनि विजुली प्रयोग हुनेभएपछि जंगल फडाँनी पनि कम हुने र आय आर्जनका कामहरु बढ्ने स्थानीय मदन शर्माले बताए ।

प्रकाशित मिति : २०७४ मङ्सिर ११ गते सोमवार