शंकर के सी, लेकाली अनलाइन
मंसिर १०, सल्यान ।
सल्यान, रोल्पा तथा रुकुमको प्रवेशद्धारको रुपमा रहेको कपुरकोट बजारमा अव्यवस्थीत गाडी पार्किङ गर्ने कार्य बढेपछि ट्राफिक प्रहरीले कडाइ गर्ने भएको छ ।
अस्थाइ ट्राफिक प्रहरी पोष्ट कपुरकोटले गलत ठाउँमा पार्किङ गर्ने, लामो समय सम्म सडकमै गाडी रोक्ने तथा ट्राफिक नियम पालना नगर्नेलाइ कारवाहि गर्ने भएको हो ।
प्रहरि सहायक निरिक्षक जगदिश ऐरले कपुरकोट बजार क्षेत्रमा जथाभावि सवारि चलाउने, चर्काे स्वरमा अनावश्यक हर्नको प्रयोग गर्ने सवारिसाधनलाइ नियम अनुसार कारवाहि गरिने बताए । उनका अनुसार स्थानीयले नै ट्राफिक नियमको बढि उल्लंघन गर्ने देखिएकोले त्यस्तालाइ झन कडाइ गरिने छ ।
कपुरकोट बजारमा होटल संचालकहरुको अस्वस्थ प्रतिष्पर्धा र पूर्वाग्रहका कारण अर्काे होटलमा खाना, खाजा खाने गाडी आफ्नो होटल अगाडी रोक्न नदिने गरेको पाइएको भन्दै ट्राफिक प्रहरीले त्यसो नगर्न भनेको छ । प्रहरि सहायक निरिक्षक ऐरले भने,– ‘होटल अगाडीको सडक कसैको निजि होइन, बजारमा काम परेका हरेक सवारि साधन सडक छेउँमा अडिन पाउँछन् तर निश्चित समय सम्म गाडी रोक्ने व्यवस्था सहित हामीले अव ट्राफिक नियमलाइ कडाइका साथ लागू गर्दैछौँ ।’ यद्यपि कपुरकोट बजार क्षेत्रमा पार्किङ स्थलको अभाव, साघुरो सडक तथा लामो दुरिका सवारिसाधन प्रायले खाना खाने ठाउँ पनि यहीँ भएकाले केहि समस्या उत्पन्न भएको उनले बताए ।
यसैविच ट्राफिक प्रहरीले सवारि दुर्घटना न्युनिकरणका लागी चालक, सहचालक तथा पैदल यात्रीहरुलाइ सचेतनामूलक कार्यक्रम संचालन गरेको छ । केहि दिन अगाडी क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय कोहलपुरका प्रमुख प्रहरी उपरिक्षक (एसपी) राजेन्द्र खड्का, ट्राफिक प्रहरी कपुरकोटका प्रहरि सहायक निरिक्षक जगदिश ऐर लगाएतकाले कपुरकोट ३ मुलपानीमा क्षमता भन्दा बढि यात्रु गाडीमा नबोक्न, आवश्यक कागजात साथमै राख्न, सवारि साधनको अवस्था चेकजाँच गरेर मात्रै चलाउन, धेरै खुसि तथा तनावमा नरहन आग्रह गरेका थिए । साथै पैदल यात्रुहरुलाइ बाटो काट्ने तरिकाका बारेमा सिकाइएको पनि अस्थाइ ट्राफिक प्रहरी पोष्ट कपुरकोटले जानकारि गराएको छ ।