• २०७७ चैत्र २९ गते आइतवार
  • Preeti To Unicode

बाम उमेदवारलार्इ जीताउन कपुरकाेटमा टोल टोलमा कमिटी गठन


लेकाली अनलाइन
मंसिर ११, सल्यान ।
कपुरकोट गाउँपालिकाको विभिन्न वडाहरुमा बाम गठबन्धनले घरदैलो कार्यक्रमलाइ तिब्रता दिएको छ । बाम गठबन्धनका उमेदवारलार्इ जीत दिलाउनका लागी एमाले र माओवादी केन्द्रको संयुक्त बाम गठबन्धनले चुनावी प्रचारप्रसार अभियान र घरदैलो कार्यक्रमलाइ तिब्रता दिएको हो ।

प्रतिनिधीसभा सदस्यमा माओवादी केन्द्रका केन्द्रीय सचिवालय सदस्य टेक बहादुर बस्नेत र प्रदेशसभा सदस्य पदमा एमालेका पोलिटव्युरो सदस्य प्रकाश ज्वालालाइ आसन्न निर्वाचनमा जिताउनका लागी कपुरकोटका नौ वटै वडामा चुनाव प्रचारप्रसार कमिटी गठन गरेर घरदैलो अभियान चलाइएको गाउँपालिकाका निर्वाचन परिचालन कमिटी संयोजक भिम बहादुर सेनले बताए । सोमबार मात्रै धनवाङ, मुलपानीको सोलावाङ, रीमको जामुने लगाएतका स्थानमा घरदैलो कार्यक्रम सम्पन्न भएको सहसंयोजक तिर्थराज वस्नेतले जानकारि दिए ।

मुलपानीको सोलावाङमा भएको भेलामा टोलस्तरिय चुनाव परिचालन कमिटी गठन गरिएको छ । जसको संयोजकमा एक्सन बुढाथोकी, सहसंयोजकमा बिर बहादुर बुढाथोकी रहेको १२ सदस्यीय कमिटी गठन गरिएको पालिका स्तरिय कमिटीका सदस्य बेद प्रकाश बाँठाले बताए ।

प्रकाशित मिति : २०७४ मङ्सिर ११ गते सोमवार