• २०८० मङ्सिर २१ गते बिहिवार
  • Preeti To Unicode

ड्याटसनको रेडी–गो कार दाङमा लञ्च


लेकाली अनलाइन
मंसिर १२, घोराही ।
ड्याटसन कम्पनीको नयाँ कार दाङमा लञ्च गरिएको छ । पछिल्लो समयमा निकै चर्चामा रहेको अटोमोबाइल ब्राण्ड ड्याटसनले ‘ड्याटसन रेडी–गो १.० एल’ मोडेलको कार घोराहीमा लञ्च गरिएको हो । ड्याट्सन रेडी –गो १.० एल ’ दुई किसिमका रेडि–गो १.० टी (०) र रेडी–गो एस मोडेलका कारहरु रहेका छन । नयाँ विशेषताहरु सेन्ट्रल लकिङ, रिमोर्ट किलेस इन्ट्री, बल्याक इन्टेरियर, हर्न प्याड र सिल्भर फिनिरिङग एसीलगायतका विशेषताहरु कारमा रहेको ड्याटसनका सेल्स म्यानेजर प्रशान्त उपाध्यायले जानकारी गराए ।

ईसान बढि पावरपुल र आरामदायी रहेको ड्याटसनका नेपाल सेल्स म्यान उपाध्यायले बताए । उनका अनुसार रेडी–गो १.० एल बजारमा नेपाली ग्राहकका माझ लोकप्रिय बन्दै गएको छ । रेडि–गो १.० टी (०)को मुल्य १९ लाख ४९ हजार रुपैया र रेडी–गो एस मोडेलको मुल्य २० लाख ४९ हजार रहेको ड्याटसन कारका आधिकारिक विक्रेता राप्ती अटो टे«डिङका प्रमुख भोलानाथ योगीले बताए । निशुल्क सडक कर, तीन वषर्को फ्रि सर्भिस र वारेन्टीको सुविधा दिइएको छ । कार बजारमा सबैभन्दा सस्तो, नयाँ र उत्तिकै आकर्षक अटोमोबाईल्ल ब्राण्डका रुपमा लिइएको योगीले बताएका थिए ।

कारको खरिदमा एक लाखसम्मको छुट र एक्सचेन्जलगायतका सुविधाहरु रहेका छन । अन्य कम्पनीकाकारको तुलनामा ड्याट्सनका गाडीले दिने माईलेजले यसका उपभोक्ता सन्तुष्ट बनेका छन् । शक्तिशाली इञ्जिनका कारण शहर, राजमार्ग, तथा कच्ची सडकमा पनि चलाउदा कुनै समस्या नदेखिने कम्पनीले जनाएको छ । राप्ती अटो टे«निकका प्रमुख भोलानाथ योगीको अध्यक्षता तथा दाङ जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष नारायणप्रसाद भुषालको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा ड्याट्सनका सेल्स म्यानेजर प्रशान्त उपाध्याय, नेपाल टे«ड युनियन काग्रेस केन्द्रीय उपाध्यक्ष बमबहादुर डिसी, नागरिक समाजका श्रीमण न्यौपानेलगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रमको सञ्चालन धनिराम योगीले गरेका थिए ।

प्रकाशित मिति : २०७४ मङ्सिर १२ गते मङ्गलवार