• २०८० मङ्सिर २० गते बुधवार
  • Preeti To Unicode

प्रेस स्वतन्त्रताकाे घाँटी निमाेठ्दै समाचार कक्षबाटै पोखरामा दुई पत्रकार गिरफ्तार


लेकाली अनलाइन
मंसिर १२, पोखरा ।
प्रहरीले पोखरामा दुई जना पत्रकारलाइ गिरफ्तार गरेको छ ।

पोखराको महेन्द्रपुलस्थित जन सञ्चार डटकमको कार्यालयमा समाचार कक्षमै काम गर्दागर्दै पत्रकार ओम हमाल र रमाकान्त बास्तोलालाई प्रहरीले आज दिउसो गिरफ्तार गरेको क्रान्तिकारी पत्रकार संगठन नेपालका अध्यक्ष प्रभात चलाउनेले जानकारी दिएका छन् । हमाल जनसंचार डटकमको संचालक/सम्पादक र जनता टेलिभिजनको पोखरा ब्यूरो प्रमुख हुन भने बास्तोला रातो खबर साप्ताहिकका गण्डक ब्यूरो प्रमुख र सोहि अनलाइनमा कार्यरत छन् ।

क्रान्तिकारी पत्रकार सं‌गठन नेपालको केन्द्रीय सचिवालय सदस्य समेत रहेका हमाल र पत्रकार बास्तोको गिरफ्तारीप्रति आपत्ति जनाउँदै अध्यक्ष चलाउनेले तुरुन्त रिहाईको माग समेत गरेका छन् । पछिल्लाे समय देउवा सरकारले प्रेस स्वतन्त्रता र अभिव्यत्ति स्वतन्त्रताकाे घाँटी निमाेठ्दै देशभरबाट १० जना पत्रकार गिरफ्तार गरेकाे छ ।

प्रकाशित मिति : २०७४ मङ्सिर १२ गते मङ्गलवार