लेकाली अनलाइन
मंसिर १२, पोखरा ।
चौतर्फी दवावपछि गिरफ्तार गरेको एक घण्टामै पोखराका पत्रकार ओम हमाल र रमाकान्त बास्तोलालाई प्रहरीले रिहा गरेको छ ।
प्रेस स्वतन्त्रताकाे घाँटी निमाेठ्दै मंगलबार दिउँसो पोखराको महेन्द्रपुलस्थित जन सञ्चार डटकमको कार्यालयमा समाचार कक्षमै काम गर्दागर्दै पत्रकार ओम हमाल र रमाकान्त बास्तोलालाई प्रहरीले गिरफ्तार गरेको थियो । क्रान्तिकारी पत्रकार संगठन र नेपाल पत्रकार महासंघ कास्कीको पहलमा दुबै जना पत्रकारलाई एक घण्टापछि प्रहरीले रिहा गरेको हो । उनीहरु अहिले काममा फर्किसकेका छन् ।
चौतर्फी दवावपछि उनिहरु रिहा भएपनि अहिले सम्म देउवा सरकारले प्रेस स्वतन्त्रता र अभिव्यत्ति स्वतन्त्रताको घाँटी निमोठ्दै देशभरबाट ८ जना पत्रकार गिरफ्तार गरेर हिरासतमा राखेको छ ।