लेकाली अनलाइन
मंसिर १२, दाङ ।
दाङको व्यस्थ बजार तुलसीपुरमा शक्तिशालीक बम विस्फोट हुदाँ म्यादी प्रहरी सहित ९ जना घाइते भएका छन् ४ काे अबस्था गम्भीर रहेकाे छ ।
नेपाली कांग्रेस दाङले तुल्सीपुरमा आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्न दाङ आएका प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेरवहादुर देउवा कार्यक्रम स्थल प्रवेश गर्नै लाग्दा अाज अपरान्ह ४ बजेतिर बम विष्पोट भएको हो । घाइते हुनेमा म्यादी प्रहरी तुलसीपुर उपमहानगरपालिका १२ उरहरी निवासी २३ बर्षका विनोद चौधरी, सोही ठाउँ निवासी १९ बर्षका अर्का विनोद चौधरी, तुलसीपुर उपमहानगरपालिका ७ डाँडापातु निवासी २२ बर्षकी जेनी डेसी, १७ मानपुर निवासी ४० बर्षका बोमराज सुनार, शान्तिनगर गाउँपालिका २ अमुवा निवासी ५० बर्षका हीमलाल रामजाली, बबई गाउँ पालिका ६ पञ्चकुले निवासी, ३६ बर्षका नेपबहादुर खत्री, सोही ठाउँको वड्कवा निवासी १८ बर्षकी सुनीता चौधरी, सल्यानको बागचौर नगरपालिका २ थारमारे निवासी ४० बर्षका देवि डिसी, ढोरचौर गाउँपालिका २ चाख्लीघाट निवासी ४५ बर्षकी नरभूमि बुढाथोकी घाइते भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक सुधिरराज शाहीले जानकारी दिए । घाइते मध्य जेनी, विनोद, नेपबहादुर र देवीलाई राप्ती अंचल अस्पताल तुलसीपुरमा सामान्य उपचारपछि थप उपचारका लागि नेपालगञ्ज रेफर गरिएको शाहीले बताए।
नेपाली कांग्रेस दाङले तुलसीपुरको अरनीको मैदानमा आयोजना गरेको चुनावीसभालाई सम्बोधन गर्न प्रधानमन्त्री एवं काँग्रेस सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री डा शशांक कोइराला, केन्द्रीय सदस्य बालकृष्ण खाँण लगायत नेताहरु आज दाङ आएका थिए ।
चुनावीसभा आयोजना गरेको ठाउँ देखि करिब एक सय मिटर टाढाको दुरी तुलसी बोडिङ चोक नजिकै बम विष्पोट गराएको बताइएको छ । बम विष्पोट गराउनेको खोजीकार्य जारी रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक प्रकाशचन्द्र गुप्ताले जानकारी दिएका छन् ।