• २०७७ मङ्सिर १२ गते शुक्रवार
  • Preeti To Unicode

दक्षिण सुडानमा जातीय झडपमा ४० जना मारिए


लेकाली अनलाइन
मंसिर १२, दक्षिण सुडान।

दक्षिण सुडानको पूर्वी राज्य जोङलाइको ग्रामिण बस्तीमा विगत २४ घन्टाको अन्तरालमा भएको सशस्त्र भीडन्तमा परी कम्तीमा ४० जनाको मृत्यु भएको यहाँको स्थानीय प्रहरीले जनाएको छ ।

जोङलाइ राज्यको सूचना मन्त्रालयले सिन्ह्वा न्यूज एजेन्सीलाई फोनमार्फत दिएको जनाकारीअनुसार छिमेकी बोमा राज्यबाट आएका विश्वास गरिएका केही बन्दूकधारी लडाकूले डुक जिल्लामा रहेका दुई गाउँमा आक्रमण गरी ४० जनाभन्दा बढीको ज्यान लिएका हुन् ।

उक्त समूहले ती गाउँबाट दर्जनौको संख्यामा बालबालिका तथा महिलालाई अपहरण गरी लगेका बताइएको छ । (रासस/सिन्ह्वा)

प्रकाशित मिति : २०७४ मङ्सिर १२ गते मङ्गलवार