• २०७७ फाल्गुन १८ गते मङ्गलवार
  • Preeti To Unicode

​तुलसीपुरमा बम विष्फोटमा परी घाईते भएका म्यादी प्रहरीको मृत्यु


लेकाली अनलाइन
मंसिर १३, दाङ ।
दाङ तुलसीपुरको व्यस्त सडकमा मंगलबार भएको शक्तिशाली बम विस्फोटमा परी घाईते भएका म्यादी प्रहरीको ज्यान गएको छ ।

विष्फोटमा गम्भीर घाइते तुलसीपुर उपमहानगरपालिका १८ का विनोद चौधरीको बाँकेको कोहलपुर मेडिकल कलेजमा उपचारको क्रममा आज बिहान साढे २ बजे ज्यान गएको दाङ प्रहरी प्रमुख एसपी दुर्गा सिंहले जानकारी दिएकी छन् । प्रदेश र प्रतिनिधिसभा निर्वाचनको क्रममा मृत्यु भएको यो पहिलो घटना हो । अन््य गम्भीर घाईते तीन जनाको नेपालगञ्जमा उपचार भैरहेको छ । तुलसीपुर उपमहानगरपालिका ७ डाँडापातु निवासी २२ बर्षकी जेनी डेसी, बबई गाउँ पालिका ६ पञ्चकुले निवासी, ३६ बर्षका नेपबहादुर खत्री र सल्यानको बागचौर नगरपालिका २ थारमारे निवासी ४० बर्षका देवि डिसीको नेपालगञ्जमा उपचार भैरहेको छ भने अरु पाँच जनाको राप्ती अञ्चल अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा तुलसीपुरमा आयोजित चुनावी सभामा पुग्दै गर्दा करिब २ सय मिटर टाढा मंगलबार दिउँसो बम विष्फोट भएको थियो ।

याे पनि पढ्नुहाेस । 

प्रधानमन्त्री देउवाले मन्चमा टेक्दै गर्दा बम विस्फोट ः ९ घाइते, ४ जना गम्भीर

सल्यान उद्योग वाणिज्य संघको विज्ञप्ती आयो, दाङ बम विस्फोटनको घोर भत्र्सना ।

प्रकाशित मिति : २०७४ मङ्सिर १३ गते बुधवार