लेकाली अनलाइन
मंसिर १३, चितवन ।
चितवनको फिस्लिङमा यात्रुबाहक बस त्रिशूली नदीमा खस्दा ६ जनाको ज्यान गएको छ भने २१ जना घाइते भएका छन् ।
काठमाडौंबाट अर्घाखाँचीका लागि छुटेको लु २ ख २९१ नम्बरको बस आज बिहान साढे ९ बजे त्रिशूली नदीमा खसेको चितवनका प्रहरी प्रमुख दिपक थापाले जानकारी दिएका छन् । ज्यान जानेको नाम खुल्न नसकेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार ज्यान जानेमध्ये दुईजना महिला र चारजना पुरुष छन् । घाइतेमध्ये ५ जनाको अवस्था गम्भीर छ । उनीहरुलाई थप उपचारको लागि काठमाडौं पठाइएको छ । अरु घाइतेको भरतपुर अस्पताल उपचार भैरहेको छ ।
त्रिशुलीमा डुबेको गाडीको छत मात्रै देखिएको छ । बस विपरीत दिशाबाट आइरहेको ट्रकसँग ठोक्किएर अनियन्त्रित भएर त्रिशूलीमा खसेको प्रहरीको प्रारम्भिक अनुमान छ ।