• २०७८ मङ्सिर १३ गते सोमवार
  • Preeti To Unicode

मु चुप लागेर बसेको छैन् बरु सक्रिय भएको छु ः एमाले नेता उदय बोहरा


मिना बुढाथोकी, लेकाली अनलाइन
मंसिर १३, सल्यान ।
नेकपा एमाले सल्यानका संस्थापक नेता तथा प्रदेश कमिटी सदस्य उदयबहादुर बोहराले आफ्नाबिरुद्ध अफवाह नफैलाउन विपक्षी दलहरुलाई चेतावनी दिएका छन् ।

बोहराले भने  ” मेरो जीवनको उर्वर समय मैले पार्टी निर्माणमै बिताए, तर आजभोली उदयबहादुर बोहरा मौन बसेको छ भन्ने भ्रम फैलाइदै रहेछ, म विपक्ष दलहरुलाई चेतावनी दिन्छु, बोहरा चुप होइन पहिले भन्दा सक्रिय भएको छ ” ।   मंगलबार एमाले सल्यान क्षेत्र नं २ को चुनावी सभालाई लान्तीबजारमा सम्वोधन गर्दै बोहराले बामगठबन्धनलाई हराउने सपना नदेख्न विपक्षी दलहरुलाई आग्रह गरेका छन् ।

बोहरा निर्वाचनमा मौन बसेको आरोप लागीरहेको बेला त्यसको सटिकरुपमा बोहराले खण्डन गरेका हुन् ।
बामगठबन्धनको विजयी यात्रालाई कसैले रोक्न सक्दैन भन्दै बोहराले अब बामगठबन्धन आम जनताको गठबन्धन भइसक्यो र देश निर्माणको जिम्मा लिइसकेको दाबि गरेका छन् ।

प्रकाशित मिति : २०७४ मङ्सिर १३ गते बुधवार