• २०७७ कार्तिक ८ गते शनिवार
  • Preeti To Unicode

२१ गतेपछि बामगठबन्धनको नयां सरकार बन्ने पक्का छ ः ज्ञवाली


मिना बुढाथोकी, लेकाली अनलाइन
मंसिर १३, सल्यान ।
नेकपा एमालेका उपाध्यक्ष युवराज ज्ञवालीले अहिलेको बाम गठबन्धन दुई तिहाईका साथ विजयी हुने बताएका छन् ।

मंसिर २१ गतेपछि बामगठबन्धनको नयां सरकार बन्ने पक्का भएको समेत उनले ठोकुवा गरे । उनले भने –“ मुलुकको विकास र समवृद्दिका लागी बाम गठबन्धन सरकारको विकल्पनै छैन ।” सल्यानको रागेचौरमा भएको आमसभालाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन । ज्ञवालीले बाम गठबन्धनको उद्देश्य संविधान संसोधन, गरिबि उन्मुलन, समृद्द राष्ट्र निर्माण जस्ता विषयमा काम गर्ने भएकाले सबैको रोजाईमा बाम गठबन्धन परेको बताएका हुन । यस्तै उनले सल्यान जिल्लाको विकासर समृद्दि तथा ६ नम्बर प्रदेशको समग्र विकास र हितका निम्ति पनि बाम गठबन्धनका उम्मेदवार लाई विजयी बनाउन जरुरी रहेको उल्लेख गरे ।

उनले भने –“ यस जिल्लाका बाम गठबन्धनका विजयी उम्मेदवारले सल्यानकोे विकासका लागी मात्रै होइन समग्र ६ नम्बर प्रदेशको विकासका निम्तिी लागीपर्ने छन् ।” कार्यक्रममा पुर्व गृहमन्त्री तथा जाजरकोट बामगठबन्धनबाट प्रतिनिधिसभाका उम्मेदवार शक्ती बस्नेत, सल्यान बामगठबन्धनबाट प्रतिनिधिसभाका उम्मेदवार टेक बहादुर बस्नेत, निर्वाचन क्षेत्र नम्बर १ का प्रदेशसभाका उम्मेदवार गुलाबजंग शाह, माओवादी केन्द्रका नेता रमेश मल्ल लगायतका नेताहरुले सम्बोधन गरेका थिए ।

प्रकाशित मिति : २०७४ मङ्सिर १३ गते बुधवार