• २०७७ असोज ३ गते शनिवार
  • Preeti To Unicode

सल्यानमा मन्त्री बस्नेत सहित ५ जना पोलिटब्युरो सदस्यलाई कारबाही गरियो भनेपछि ६ नम्बर प्रदेश ईन्चार्ज शक्ती बस्नेतको यस्तो आयो प्रतिकृया । (भिडियाे सहित)


लेकाली अनलाइन
मंसिर १४, सल्यान ।
नेकपा माओवादी केन्द्रका ६ नम्बर प्रदेश ईन्चार्ज शक्ती बहादुर बस्नेतले सल्यानका वागी उमेदारहरुलाई माओवादी केन्द्रले पहिले नै कारबाही गरेको बताएका छन् ।
नेकपा माओवादी केन्द्र सल्यानले विनाविभागीय मन्त्री बस्नेत सहित ५ जना पोलिटब्युरो सदस्यलाई कारबाही  गरेको खबर आएपछि प्रदेश ईन्चार्ज शक्तीले अहिले कारबाहि गरिम भन्ने वागी उमेदारहरुलाई अध्यक्ष प्रचण्डको हस्ताक्षर विज्ञप्ती मार्फत पहिले नै कारबाही गरेको बताएका हुन् ।
केहि दिन अघि माओवादीका सचिवालय सदस्यहरुले वागी उमेदारहरुलाई कारबाहीका लागी पठाएको पत्र प्रदेश कमिटीले अनुमोदन गरिसकेको उनले बताएका छन् ।

हेर्नुहोस्  यस्ताे भनेका छन् ६ नम्बर प्रदेश ईन्चार्ज शक्ती बहादुर बस्नेतले । 

तर यता जिल्ला कमिटीका वागी उमेदारहरुले चुनाव चिन्न फरक भएपनि आफु नै पार्टीको आधिकारीक उमेदार भएको बताएका छन् । उनिहरुले जिल्लाको दुईतिहाई सचिवालय सहस्य सहित पार्टी कार्यकर्ता आफ्नो पक्षमा रहेको र जिल्ला कमिटीको निर्यणय चल्ने भन्दै विनाविभागीय मन्त्री बस्नेत सहित ५ जना पोलिटब्युरो सदस्यलाई कारबाही  गरेको बताएका छन् ।

यो समाचार पनि पढ्नुहोस : सल्यानमा आफ्नै पार्टीले गर्याे मन्त्री बस्नेत सहित ५ जना पोलिटब्युरो सदस्यलाई कारबाही, एक जनाको जिम्मेवारी खोसियो । यस्ता छन् कारण

प्रकाशित मिति : २०७४ मङ्सिर १४ गते बिहिवार