• २०७७ असोज १० गते शनिवार
  • Preeti To Unicode

रुकुममा शुक्रबार हुने मतदानमा काँग्रेस सहभागी नहुने । कारण यस्ताे छ


लोकेन्द्र खनाल, लेकाली अनलाइन
मंसिर १४, रुकुम ।
गत १० गते मतदान स्थगित भएको रुकुम (पश्चिम) का २ मतदान स्थल मध्य कांग्रेसले आठविसकोट नगरपालिका ११ को नेपाल राष्ट्रिय मतदान स्थलको (ख) मतदान केन्द्रमा हुने पुनः मतदानमा सहभागी नहुने भएको छ । आफ्ना कार्यकर्तालाई पक्राउ गरिएको भन्दै कार्यकर्तालाई नछोडिएसम्म भोलि १५ गते पुनः मतदानमा सहभागी नहुने बताएको हो ।

गत १० गते मतदानका क्रममा कांग्रेसका तर्फबाट मतदान केन्द्रमा प्रतिनिधिको रुपमा बसेका केशववहादुर खड्काले मतपत्रमा एसिड राखेर मतपेटिकामा खसालेको भन्दै उहाँलाई प्रहरीले नियन्त्रणमा लिएको छ । खड्कालाई बिना कारण फसाईएको भन्दै कांग्रेस आठविसकोट नगरपालिकाले उनको रिहाइको माग गर्दै रिहाइ नगरिए भोलि १५ गते हुने मतदानमा सहभागी नहुने निर्णय गरेको नेपाली काँग्रेस आठविसकोट नगरपालिकाका संयोजक कमल शाहले जानकारी दिएका छन् ।

पार्टीको स्थानीय तहले मतदानमा सहभागी हुने निर्णय गरेपनि यसबारेमा अन्तिम निर्णय विहिबार साँझसम्म हुने कांग्रेस रुकुम (पश्चिम) ले जनाएको छ । यसबारेमा छलफल गर्न जिल्ला सभापति प्रेमप्रकाश ओलीसहितको टोली आठविसकोट तर्फ गएको छ । आठविसकोट पुगेर स्थानीय पार्टी समितिसंग छलफल गरेर यसबारेमा अन्तिम निर्णय हुने जिल्ला सभापति ओलीले जानकारी दिए ।

मतदानका विषयमा छलफल गर्न आज बोलाईएको सर्वदलीय बैठकमा कांग्रेस सहभागी भएको छैन् । कांग्रेस सहभागी नभएपछि अन्य दलको सहभागतामा बैठक बसेको मतदान अधिकृत कर्णवहादुर कँवरले जानकारी दिए।

प्रकाशित मिति : २०७४ मङ्सिर १४ गते बिहिवार