• २०७७ मङ्सिर ९ गते मङ्गलवार
  • Preeti To Unicode

शुक्रबार सार्वजनिक विदा, शैक्षिक सँस्था चुनावपछि खुल्ने


लेकाली अनलाइन
मंसिर १४, काठमाडौं ।

सरकारले मंसिर १५ गते शुक्रबार इस्लाम धर्मका धर्म गुरु हजरत मुहम्मद सल्ललल्लाहो अलैहे वोसल्लमको जन्मदिनका अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

त्यस्तै क्रिसमस डेका अवसरमा पुष १० गते (डिसेम्बर २५ तारिख) पनि सार्वजनिक बिदा दिने निर्णय गरेको गृह मन्त्रालयले जनाएको छ । दुबै दिन नेपालभरिका सरकारी कार्यालय एवं विदेशस्थित नेपाली नियोगमा पनि बिदा हुने मन्त्रालयले जनाएको छ ।

यसैविच मंसीर १८ गते देखि २२ गते सम्म ४५ जिल्लामा सार्वजनिक विदा दिने यस अघि निर्णय भैसकेकोले चुनाव हुने जिल्लाका शैक्षिक सँस्थाहरु अव चुनाव पछि खुल्ने छन ।

प्रकाशित मिति : २०७४ मङ्सिर १४ गते बिहिवार