• २०७७ फाल्गुन १८ गते मङ्गलवार
  • Preeti To Unicode

सल्यानमा आफ्नै पार्टीले गर्याे मन्त्री बस्नेत सहित ५ जना पोलिटब्युरो सदस्यलाई कारबाही, एक जनाको जिम्मेवारी खोसियो । यस्ता छन् कारण


लेकाली अनलाइन
मंसिर १४, सल्यान ।
नेकपा माओवादी केन्द्र सल्यानले विनाविभागीय मन्त्री टेकबहादुर बस्नेत सहित ५ जना पोलिटब्युरो सदस्यलाई कार्बाहीका लागि सिफारिस गरेको छ भने एक जनाको जिम्मेवारी खोसिएको छ ।

सल्यानमा पार्टी विभिजित गर्ने गतिविधिमा प्रत्यक्ष संलग्न भएको भन्दै बिनाबिभागिय मन्त्री समेत रहेका केन्द्र सचिवालय सदस्य तथा बाम गठबन्धनबाट प्रतिनिधिसभाका उम्मेदवार टेकबहादुर बस्नेत, पोलिटब्युरो सदस्यहरु नेव बहादुर कवर (विवेक), कृतिबहादुर पुन –प्रकाण्डसिंह), रमेश मल्ल (आदर्श), र रत्न बहादुर ओलि (तुफानसिंह) लाई पार्टी विधान बमोजिम हदै सम्मको कार्बाहिका लागि केन्द्र र प्रदेशमा सिफारिस गरेको माओवादी केन्द्र सल्यानले एक प्रेस विज्ञप्ती मार्फत आज खलंगामा पत्रकार सम्मेलग गरी जानकारी दिएको हो ।

केहि दिन अघि माओवादीका सचिवालय सदस्यहरुले सदरमुकाम खलंगामा पत्रकार संमेलन गरि पोलिटव्युरो सदस्य तथा जिल्ला संयोजक कर्ण वहादुर वुढाथोकी ९छहारी० लाई जिल्ला संयोजक वाट हटाउन र कार्वाहीका लागी प्रदेश कमीटी र पार्टी केन्द्र लाई सिफारीस गरि उनको ठाउँमा निम वहादुर केसी ९अरुण० लाई चयन गरीएको जानकारी दिएका थिए । तर अरुणको जिम्मेवारी खोसीएको र जिल्ला पार्टीको कुनै पनि जिम्मेवारीमा नरहने गरि जिल्ला सम्मेलन आयोजक समितिको पुर्ण बैठकले कारवाही गरिएको जानकारी दिइएको छ ।

बुधबार बसेको जिल्ला सम्मेलन आयोजक समितिको पुर्ण बैठकका निर्यनयहरु बिहीबार पत्रकार सम्मेलनमा सार्वजनीक गर्दै संयोजक कर्णबहादुर बुढाथोकी (छहारी) ले आफुहरुको उमेदार बामगठबन्धन बिरुद्व नभएर टेकबहादुर बस्नेत विरुद्व भएको बताएका छन् । उनले टेकबहादुर प्रति आक्रोस हुदै भने  “दुई दुई पटक जितेर संसद हुदा पनि सल्यानमा केहि गर्न सकेनन् अब टेकबहादुरको पार्टीमा पनि काम छैन त्यसैले हामीले उमेदारी दिएका हौँ ।”

जिल्लाको सम्पुर्ण पार्टीपंति आफुतिर भएको भन्दै छहारीले आफुहरुलाई गरेको कारबाहि साच्चीकैको कारबाही नभएर देखाउनलाई गरेको् तर त्यसलाई जिल्ला कमिटीले खारेज गरेको जिकीर गरेका छन् । सल्यानमा माओवादी केन्द्रमा ६४ सचिवालय सदस्य रहेकामा २५ सदस्यमात्रै बाम गठबन्धनतिर अरु सबै आफुतिर रहेको जिल्ला संयोजक छहारीले दावि गरेका छन् ।

यस्ता छन् प्रेस विज्ञप्तीमा सम्मेलन आयोजक समितिको पुर्ण बैठकले गरेका निर्यनयहरु 

 

प्रकाशित मिति : २०७४ मङ्सिर १४ गते बिहिवार