• २०७७ मङ्सिर १४ गते आइतवार
  • Preeti To Unicode

कुपोषण अन्त्यका लागि जिल्ला स्वास्थ कार्यलय रोल्पाले यस्तो कार्यक्रम संचालन गर्याे


मनिसा राई, लेकाली अनलाइन
मंसिर १४, रोल्पा ।
जिल्ला स्वास्थ्य कार्यालय रोल्पाको आयोजनामा खाद्य तथा पोषण बारे पैरबि कार्यक्रम सम्पन्न भएको छ । जिल्ला स्वास्थ्य कार्यालय रोल्पाका प्रमुख डा. तेजेन्द्र साउदले प्रस्तुत गरेको कार्यक्रममा जिल्ला स्थीत सरकारी कार्यालयका प्रमुख, जनप्रतिनिधि, पत्रकार लगायतको उपस्थिति रहेको थियो ।

प्रश्तुतिमा कुपोषण अन्त्यका लागि संचालित कृर्षि तथा खाद्य सुरक्षा आयोजनाले रोल्पामा बिभिन्न कार्यक्रमहरु संचालन गर्दै आईरहेको जनाईएको छ । आयोजनाले रोल्पामा बिभिन्न साना मिल, चुला, पानी ट्याङ्की लगायतका उपकरण समेत सहयोग गरिरहेको छ । जसबाट गर्भवती र सुत्केरी आमाको कार्यबोझ कम हुने बिस्वास लिईएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।

कार्यक्रममा गत ३ बर्षमा सम्पन्न गतिबिधिको समेत प्रस्तुत गरिएको थियो ।

प्रकाशित मिति : २०७४ मङ्सिर १४ गते बिहिवार