• २०७७ मङ्सिर ९ गते मङ्गलवार
  • Preeti To Unicode

सल्यान आएर एमाले उपाध्यक्ष ज्ञवालीले एमाले प्रति जनताको जनलहर उर्लिया भन्दा राप्रपाका जिल्ला सहसचि एमालेमा प्रवेश ।


बुद्धि पुन, लेकाली अनलाइन
मंसिर १४, सल्यान ।
नेकपा एमालेका उपाध्यक्ष युवराज ज्ञवालीले नेकपा एमाले प्रति जनताको जनलहर उर्लिएको जिकिर गरेका छन् । उनले देशभक्ति र जनताको प्रीय पार्टी नेकपा एमाले भएकाले पनि एमाले प्रतिको जनलहर उर्लिएको बताएका हुन् ।

बिहीबार सल्यानको श्रीनगरमा राप्रपाका जिल्ला सहसचिब रुद्रबिर पुनलाई नेकपा एमालेमा प्रवेश गराउदैँ उनले यस्तो बताएका हुन् । उनले भने ‘देशलाई बिकसित र समृद्ध बनाउने पार्टी एमाले हो, त्यसैले एमाले प्रतिको जनबिश्वास र जनलहर बढ्दै गएको छ ।’ ज्ञवालीले प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्बाचनमा बामगठबन्धनले दुई तिहाई मत ल्याएरै छाड्ने ठोकुवा गरेका छन् । ‘यो देशको दिगो बिकास र समृद्धिको लागी बाम गठबन्धन भएको हो, यो गठबन्धन निर्बाचनमा जीत हासिल गर्नका लागी मात्र नभई पार्टी एकताका लागी पनि भएको हो’– उनले भने ‘यो बाम गठबन्धनले प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्बाचनमा दुई तिहाई मत प्राप्त गरेरै छोड्छ ।’

उनले बाम गठबन्धनको जित सुनिश्चित भैसकेको दाबी पनि गरेका छन् । ‘बाम गठबन्धनको जित पक्का भैसक्यो, अब मंसिर २१ गते पछि बाम गठबन्धनको नयाँ सरकार बन्छ’– उनले भने । एमाले उपाध्यक्ष रहेका ज्ञवालीले बाम गठबन्धनका उम्मेदवारलाई अत्याधिक मतका साथ बिजयी बनाउन नेता तथा कार्यकर्ताहरुलाई निर्देशन समेत दिएका छन् ।

सोही अबसरमा बोल्दै नवप्रबेशी पुनले जनताको पार्टी एमाले भएको बताउदैँ सक्रिय भएर पार्टीको हितको लागी काम गर्ने बताएका छन् । साथै उनले प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्बाचनमा बाम गठबन्धनका उम्मेदवारलाई बिजयी बनाउन आफु सक्रिय भएर लाग्ने बताएका छन् ।

प्रकाशित मिति : २०७४ मङ्सिर १४ गते बिहिवार