लेकाली अनलाइन
मंसिर १४, सल्यान ।
सल्यान शारदा नगरपालीका ५ रानिकोटमा रहेको गंगामाला मंदिरमा यहि मंसिर १७ गते पूर्णिमाको दिन मेला लाग्ने भएको छ ।
मेला व्यवस्थापन समितीका अध्यक्ष चन्द्र बहादुर बुढाथोकीको अध्यक्षतामा बसेको बैठकले मंदिरमा पुजा अर्चनका साथै विभिन्न किसीमका नाचगानहरु प्रस्तुत गरेर भव्यताका साथ मेला मनाउने तयारी गरेको हो ।
मेलामा विभिन्न आमा समुहका नाचगानहरु, सोरठी, सेरेङ्गे, टप्पा, भजन गीत लगाएत रहने त्यहाँबाट हेमराज थापाले बताएका छन् ।