• २०८० मङ्सिर १९ गते मङ्गलवार
  • Preeti To Unicode

दाङबाट सल्यान हुदै रोल्पाको लोद्चौरमा पुग्यो जलजला यातायातको गाडी, स्थानीय खुसी


मनिसा राई,लेकाली अनलाइन
मंसिर १५, रोल्पा/सल्यान ।
दाङ तुलसीपुरबाट सल्यान हुदै रोल्पाको लोद्चौरमा पहिलोपटक जलजला यातायात प्रालिको गाडी पुगेको छ ।
सुकिदह गाउँपालीका वडा नम्बर ५ लोद्चौरमा बिहीबार पहिलो पटक यात्रुसहितको बस पुग्दा स्थानीयहरु खुसी भएका छन् । पहिलोपटक बस पुगेपछि स्थानियहरुले गाडी तथा अथितीहरुलाई भब्यतवरले स्वागत गरेका छन् । गाडी उद्घाटन कार्यक्रममा सुकीदह गाउँपालिका अध्यक्ष बिरबहादुर खत्री, उपप्रमुख रिता घर्ती, ५ नं वडा अध्यक्ष मानबहादुर डाँगी, २ नं. वडा अध्यक्ष भुपाल परियार, नेकपा एमालेका प्रतिनिधि रामकुमार शर्मा लगायतको उपस्तीथि रहेको थियो ।

उद्घाटन कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष खत्रीले सबै बिकासका पुर्वाधारका लागि यातायात महत्वपुर्ण रहेको भन्दै अब सुकीदहमा पनि यातायात क्षेत्रको निकास खुलेको बताएका छन् । विगतका दिनमा प्रयास गरेकाले यस पटक बस उदघाटन गर्न पाएकोमा आफुलाई खुशी महसुस भएको बताएका थिए ।

वडा नं ५ का वडा अध्यक्ष मानबहादुर डाँगीको अध्यक्षतामा भएको बस उदघाटन कार्यक्रममाको संचालन डम्मर बहादुर पुनले गरेको त्यहाँबाट हाम्रा सहकर्मी अशोक ओली परिवर्तनले जानकारी दिएका छन् ।

यता दाङ तुलसीपुरबाट सल्यान बागचौरको पातिहाल्न हुदै गाडि संचालन हुने भएकाले सल्यान कोटमौलाका स्थानीयहरु पनि खुसि भएका छन् । बागचौरको पातिहाल्नमा रोल्पा र सल्यानलाई केन्द्र बनाएर दैनिक एउटा गाडीमात्रै गाडी संचालन हुदाँ यात्रुहरु कोचिएर यात्रा गर्ना बाध्य हुन्थ्य । अब लोद्चौरमा गाडी संचालन हुदाँ साविकको सल्यान दमाचौर र कोटमौलाका बासिन्दाहरुलाई पनि सहज हुने त्यहाँका स्थानीयहरु बताउछन् ।

गाडी दैनिक संचालन हुने जलजला यातायात प्रालिले जानाएको छ ।

प्रकाशित मिति : २०७४ मङ्सिर १५ गते शुक्रवार