• २०७७ माघ ६ गते मङ्गलवार
  • Preeti To Unicode

सल्यानमा नेकपाको आस्था भएकै कारण पक्राउ पर्दा राेटीराेजी खाेसियाे । प्रहरी भन्छ छानविन हुदै छ, परिवार भन्छन् ज्यादती भयाे


लेकाली अनलाइन
मंसिर १५, सल्यान ।
सल्यानमा प्रहरीले एकजना नेकपा निकट व्यक्तिलाई पक्राउ गरेको छ ।

जिल्लाको बागचौर नगरपालीका ९ पोखरी बजारमा व्यापार व्यवसायी गर्दै आएका टोप बहादुर वलीलाई पक्राउ गरेको प्रहरीले बताएको छ । उनि नेकपा निकट भएकाले अनुसन्धानका लागी पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी नायव उपरिक्षक भरत विकले लेकाली अनलाइनलाई जानकारी दिएका छन् ।

उता घरपरीवारले गाउँमै व्यापार गरेर बसेको र स्वास्थ्यमा समस्या आउदा पनि प्रहरीले विनाकारण पक्राउ गरेको आरोप लगाएका छन् । टोप बहादुर वलीका छोरा अरुन वलीले लेकाली अनलाइन सँग भने  “विरामी भएका बुबा गाउँमै पसल गरेर बसेको बेला एक्कासी पक्राउ गर्नु प्रहरीको ज्यादती हो । पसल गरेर घरपरीवार पालेका बुबालार्इ पक्राउ गर्दा हामीहरुकाे राेटीराेजी खाेसिएकाे छ । पार्टीमा अास्था भएकै कारण गाउँका सोझा मान्छेलाई गाउँ नै तरङगीत हने गरी पक्राउ गर्नु मानव अधिकारको उलङघन हो ।”   जसरी पक्राउ गरिएकाे हाे त्यसरी नै रिहा गर्न उनले प्रहरीलाई आग्रह गरेका छन् ।

गाउँका समाजसेवी र सहयाेगी भएका वलीलाई पक्राउ गरेकाे भन्दै  अहिले गाउँनै आतङकीत भएकाे  स्थानीबासीले  बताएका छन् । यसरी पक्राउ गर्दा गाउँका  किसान, व्यापारी, मजदुर तथा श्रमीकहरु अहिले  घर नै छोडेर बाहिर बस्ने अबस्था आएको  उनिहरुले  बताएका छन् ।

प्रकाशित मिति : २०७४ मङ्सिर १५ गते शुक्रवार