• २०८० मङ्सिर २१ गते बिहिवार
  • Preeti To Unicode

सल्यानमा हृदय घातकाकारण काँग्रेस पुर्व गाउँ सभापतिको निधन


दुर्गा वि.सी., लेकाली अनलाइन
मंसिर १५, सल्यान ।
सल्यानमा एक जनाको हृदयघातकाकारण मृत्यु भएको छ ।

जिल्लाको बन्गाड कुपिण्डे नगरपालीका १ साविकको देवस्थल घाटगाउँ नीवासि ६९ वर्षिया भीम वहादुर वुढाको हृदयघातकाकारण नि मृत्यु भएको हो । उनि नेपाली काँग्रेसका पुर्व गाउँ सभापति पनि हुन । विगत लामो समय देखि नेपाली काँग्रेस पाटिको स्थानीय स्तरमा महत्वपुर्ण पदमा वसेर काम गरेकोले यति वेला वुढाको निधने नेपाली काँग्रेसलाई ठुलो क्षेती पुगेको बन्गाड कुपिण्डे नेपाली काँग्रेसका पाटि संयोजक दुर्गा खड्काले वताएका छन् । देवस्थलका विभिन्न वस्तीमा वुढाको सहयोगमा खानेपानी, सिचाई कुला र बन्गाड खोलामा तटबन्धनको काम लगाएत अन्य समाजिक क्षेत्रमा उहाँका योगदान रहेको जनाएको छ ।

त्यस ठाउँका स्थानीयले आज असल समाजसेवी गुमाएको वताएका छन् । बन्गाड खोलाको तटबन्धको लागि योजना माग गर्नको लागि वुढा दाङ्गबाट विहिवार वेलुकी सल्यान फर्किएका थिए । विहीबार नै साँझ दाङ्ग सल्यान हुदै सल्लीवजारको फुलबारी होटलमा वसिरहेको समयमा अकास्मत वेहोस भएको ५ मिनेटमै उनको निधन भएको परिवारले जनाएको छ । होटलमा वसीरहेको समयमा वेहोस अवस्थाका वुढालाई सल्लीवजारको जनवन्धु पोलीकिल्नीकमा उपचार गर्न लिदाँ लिदै मृत्यु भएको जनाएको छ । उनि वसेको होटल अस्पतालको दुरी नजिकै हुदाँ समेत वचाउन नसकिएको परिवारले जनाएको ।

प्रकाशित मिति : २०७४ मङ्सिर १५ गते शुक्रवार