मनिषा राई, लेकाली अनलाइन
मंसिर १६, रोल्पा ।
‘मनप्रसाद घर्ती ग्रामिण पत्रकारिता पुरस्कार’ बाट रोल्पाका अन्नपुर्णकर्मी खेम बुढामगर सहित तीन पत्रकार पुरस्कृत भएका छन ।
नेपाल पत्रकार महासंघ जिल्ला शाखा रोल्पाको वाह्रौं स्थापना दिवसका अवसरमा शनिबार नगद पुरस्कार सहित सम्मान गरिएको हो । दिवसका अवसरमा सदरमुकाम लिबाङ टुडिखेलबाट निकालिएको प्रभातफेरि पश्चात महासंघको हलमा आयोजना गरिएको दिवसीय कार्यक्रममा ग्रामिण पत्रकारिता मार्पmत पत्रकारिता क्षेत्रमा योगदान गरेको भन्दै अन्नपुर्णकर्मी एवं महासंघ शाखाका पुर्व अध्यक्ष बुढा, रेडियो जलजलाका स्टेशन म्यानेजर एवं महासंघका पुर्व अध्यक्ष समेत रहेका मौसम रोका र सामुदायिक रेडियो रोल्पा र रासस प्रतिनिधि उमा केसीलाई नगद ३÷३ हजार, प्रमाणपत्र सहित दोसल्ला ओढाएर सम्मान गरिएको थियो ।
कार्यक्रमका प्रमुख अतिथि जिल्ला समन्वय समितिका प्रमुख राजबहादुर बुढा, विशिष्ट अतिथिहरु महासंघका संस्थापक अध्यक्ष काशीराम डाँगी र प्रमुख जिल्ला अधिकारी डा. डिजन भट्टराईले पुरस्कार प्रदान गरेका थिए । स्वर्गीय मनप्र्रसादकी छोरी सविना घर्तीले पुरस्कृत हुने पत्रकारलाई अविर लगाई लगाइदिएका थिए । पुरस्कृत भएपछि अन्नपुर्णकर्मी बुढाले पत्रकारितामा थप दायित्व सिर्जना भएको प्रतिक्रिय दिए । पत्रकार मनोज घर्ती परिवारले आफ्नो स्वर्गीय बुबा मनप्रसाद घर्तीको सम्झनामा चार वर्ष अघि महासंघबाट पुरस्कार वितरण हुने गरी कोष स्थापना गरेका हुन् । ३० हजार अक्षय कोषबाट प्राप्त हुने व्याजबाट महासंघले प्रत्येक वर्ष स्थापना दिवसका अवसरमा पुरस्कार वितरण गर्ने अध्यक्ष मानसिंह विकले वतानुभयो । उक्त पुरस्कारबाट यसअघि संस्थापक अध्यक्ष एवं कान्तिपुरकर्मी काशीराम डाँगी पुरस्कृत भईसकेका छन । दिवसको अवसरमा बेपत्ता पत्रकार धनबहादुर रोकाका बालबालिकाहरुलाई हुरेक रोल्पा र सेभद चिल्ड्रेनको आर्थिक सहयोग एवम नेपाल पत्रकार महासंघ रोल्पाको समन्वयमा रु ५ हजार बराबरको स्टेशनरी र ड्रेस प्रदान गरिएको छ ।
कार्यक्रममा बोल्ने बक्ताहरुले जिल्लाका पत्रकारहरुले जिल्लाको आर्थिक समृद्धि, बिकास र उन्नतीका लागि निरन्तर कलम चलाउनु पर्नेमा जोड दिएका थिए । कार्यक्रममा प्रनाउ ज्ञानेन्द्र प्रसाद फुँयाल , जिल्ला शिक्षा कार्यालयका हेमन्त खत्री, संस्थापक उपाध्यक्ष दिप दपर्ण, लगायत जिल्लाका विभिन्न सन्चारमाध्यममा कार्यरत पत्रकारहरुको सहभागिता रहेको थियो ।