नेताको ढाँट्ने बानीले सल्यानमा चुनावी रौंनक सुन्य


दुर्गा वि.सी., लेकाली अनलाइन
मंसिर १६, सल्यान ।
नेताहरुकोे ढाँट्ने बानीले सल्यानमा चुनाव प्रतिको रौंनक सुन्य देखिन्छ ।

जिल्लाको बन्गाड कुपिण्डे नगरपालीकाका वस्तीहरुमा यतिबेला चुनावी रौनक सुन्य देखिएको छ । स्थानीय निकाय र पहिलेका चुनावमा जस्तो नागरिकमा रस नभएको पाईन्छ । स्थानीय निकायको चुनाव जस्तो तट्कीलो भड्कीलो यो प्रदेश र प्रतिनिधि सभाको चुनावमा नभएको बामे राईराका स्थानीय तथा शिक्षक ओपेन्द्र विष्ट बताउँछन् । स्थानीय नागरिक सिमित केहि नेताहरु भोट माग्न आउँदा त्यहाँका नागरीकले त्यती वास्ता नदेखाएको उनले वताए ।

प्रायः त्यहाँका राजनैतिक दलहरुले आयोजना गरेका चुनावी कार्यक्रममा स्थानीय मानिसको उपस्थिती न्युन देखिन्छ । गाउँ घरमा मत माग्न गएका अगुवा कार्यक्रतालाई समेत नागरिक बेवास्ता गर्न थालेका छन् । पञ्चायत हुदै वहुदल र गणतन्त्र गरि करिव १० औँ पटक मतदान गरेका बन्गाड कुपिण्डे नगरपालीका वडा नं. ५ नीवासि ८१ वर्षिया भिउसन साहुका अनुसार नेताको जिवन स्तरमा परिवर्तन वाहेक जनताको जिवन शैलीमा झन कठिनाई आएको वताए ।

भोट माग्न आउँदा जो सुकै राजनैतिक दल पनि बाटो, शिक्षा, सुलभ स्वास्थ्य,विधुत लाईन,खानेपानी लगाएतका क्षेत्रमा उल्लेख्य काम गर्ने वताउँछन् । तर चुनाव जीतीसके पछि फर्केर नआउने प्रवृत्तिले यो क्षेत्र पछि परेको साहुको दुखेसो छ । २ पटक नेपाली काँग्रेस, १ पटक एमाले र २ पटक माओवादिलाई चुनाव जिताएर पठाईयो तर कसैले पनि माखो नमारेको वयोवृद्ध भिउसनको चरम आक्रोस छ । फेरी पनि अव किन,केका लागि भोट चाहियो रु गाउँघरका बाटा घाटा टाढै जाउन मुख्य सडक सल्ली चौहरजारीको अवस्था हेर्दा लाज लाग्छ ।

वत्ति र अन्य विकासको कुरा त परै जावस । स्थानीयको चुनावमा घर घरमा पानी र वत्ती भन्ने नेताहरु आज भोली वरु कता छन् । बन्गाड कुपिण्डे नगरका दुर दराजका नागरिकको भोट माग्न आउने जो सुकै राजनीतीक दलहरु प्रति यो खाले आक्रोस भेटिन्छ । दशै तिहार मान्न घर फर्केका अधिकांस नागरिकहरु धानवाली भित्र्याई सकेर कति मजदुरीको लागि भारत हिडि सकेका छन् भने कति भोटै नहाली हिड्ने तयारीमा छन् ।

चुनावको कुनै मतलव नभएको वरु छिटो जान पाए कमाई कजाई हुने उनिहरु वताउँछन् । जति पटक भए सवै चुनावमा नेताहरु ढाँट्ने छल्ने र जिते पछि वास्ता नगर्ने परिपाटिले यहाँका नागरिकमा राष्ट्रिय पर्व प्रतिनीधि सभा र प्रदेश सभाको चुनावमा वास्ता नभएको अधिकांसको भनाई भेटिन्छ ।

युवा पिँढि देखि,वृद्धवृद्धा हुदै सवै यो चुनावमा कुनै रस नभएको वताउने गरेका छन् । चुनावी कार्यक्रम पनि गाउँ लक्षित नभई शहर लक्षित हुनले त्योसो भएको चुनावी प्रचार प्रसार टोलीहरुले वताउँने गरेका छन् । अघिल्ला चुनावहरु भन्दा यो चुनावमा गाउँ घर प्रयाः सुन सान देखिन्छन् ।

 

प्रकाशित मिति : २०७४ मङ्सिर १६ गते शनिवार