लोकेन्द्र खनाल, लेकाली अनलाइन
मंसिर १६, रुकुम ।
रुकुम पश्चिममा एक जनाको नदीमा बगेर मृत्यु भएको छ ।
जिल्लाको सानीभेरी गाउपालिका १० का ६६ वर्षीय टिकाराम ओलीको सानीभेरी नदीमा बगेर मृत्यु भएको हो । नदीमा माछा मार्ने गएका उदलाई आज बिहानै नदीले बगाउदा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । खोलामा माछामार्ने जाल हान्दा चिप्लिएर बगेको हुन सक्ने प्रहरीको अनुमान छ ।
मृतक ओलीको शव परिक्षणका लागि जिल्ला अस्पताल सल्ले ल्याउदै गरेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रमुख प्रहरी नायव उपरीक्षक राजेन्द्रप्रसाद धमलाले जानकारी दिएका छन् ।