सल्यानमा मदिरा खानालाई मात्रै हैन बेच्नलाई पनि रोक । २१ गते सवारि साधन बन्द


शंकर के सी, लेकाली अनलाइन
मंसिर १६, सल्यान ।

जिल्ला प्रसाशन कार्यालय सल्यानले आइतबार मंशिर १७ गतेदेखि मदिरामा पूर्ण प्रतिबन्ध लगाएको छ ।

यहि मंशिर २१ गते सल्यानमा हुन लागेको प्रतिनिधी तथा प्रदेशसभा निर्वाचनलाइ शान्तिपूर्ण र भयरहित तवरले सम्पन्न गर्नका लागी आइतबारदेखि २२ गते शुक्रबार सम्म जिल्लाभर मदिराजन्य पदार्थ विक्रि, वितरण तथा सेवनमा पूर्ण रोक लगाइएको शनिबार सार्वजनीक सूचना जारि गर्दै जिल्ला प्रसाशन कार्यालय सल्यानले जनाएको छ । यस अवधिमा मदिराको बिक्री वितरण, ओसारपसार र सेवन गरेको पाइए कानुन बमोजिम हदैसम्मको कारबाही हुने बताइएको छ । निर्वाचनमा हुन सक्ने अवाञ्छित क्रियाकलाप रोक्नका लागि मदिराको कारोबारमा प्रतिबन्ध लगाइएको हो ।

साथै २१ गते निर्वाचनको दिन सवारि साधन चल्ना रोक लगाइएको पनि सूचनामा भनिएको छ । अत्यावश्यक सवारि, सुरक्षाकर्मीका सवारि र अनुमती प्राप्त सवारि साधन वा मोटरसाइकल वाहेक अन्य सबै निजी एवम् सार्वजनीक सवारिसाधनको आवागमनमा रोक लगाइएको प्रमुख जिल्ला अधिकारि परमानन्ध घिमिरेले बताएका छन् ।

प्रकाशित मिति : २०७४ मङ्सिर १६ गते शनिवार