• २०७७ असोज ५ गते सोमवार
  • Preeti To Unicode

नेपाली क्रिकेट टोली आइतबार केन्यासँग अभ्यास खेल खेल्दै


लेकाली अनलाइन
मंसिर १६, काठमाडौं ।

युएईमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले केन्यासँग आइतबार (भोलि) एक दिवसीय अभ्यास खेल खेल्दै छ ।

विश्व क्रिकेट लिग च्याम्पीयन्सीपअन्तर्गत घरेलु टोली युएईसँग अन्तिम चरणको खेल खेल्न गएको नेपालले दोस्रो अभ्यास खेलमा केन्यासँग खेल्न लागेको हो ।

यसअघि हिजो भएको पहिलो अभ्यास खेलमा डिभिजन तीनको टोली अमेरिकासँग नेपाल ५ विकेटले पराजित भएको थियो । जारी विश्व क्रिकेट लिग च्याम्पीयन्सीपबाट नेपाल रेलिगेट हुँदै डिभिजन टू मा घटुवा भइसकेको छ ।

युएईविरुद्ध हुने खेललाई नेपालले आगामी फेब्रुअरीमा नामिबियामा हुने डिभिजन टू प्रतियोगिताको तयारीका रुपमा लिएको छ । सोे प्रतियोगिताको फाइनल पुग्न सके नेपालले एकदिवसीय विश्वकप क्रिकेटको छनोट प्रतियोगितामा स्थान पक्का गर्ने छ ।

प्रकाशित मिति : २०७४ मङ्सिर १६ गते शनिवार