मनिषा राई, लेकाली अनलाइन
मंसिर १७, रोल्पा ।
पहिलो चरणको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन १० मंसिरमा सकिएपछि फुर्सदीला बनेका रोल्पाका नेताहरु दोस्रो चरणमा हुने विभिन्न जिल्लाको चुनाव प्रचार प्रसारमा हिडेका छन् ।
यसैक्रममा प्रतिनिधिसभा सदस्यमा रोल्पाबाट उम्मेदवार बनेका नेकपा माओवादी केन्द्रका वरिष्ठ नेता एवम् पूर्वअर्थमन्त्री वर्षमान पुन ‘अनन्त’ सहितको टोली दाङ झरेका छन् । अनन्त माओवादी केन्द्रका वरिष्ठ नेता एवम् उपप्रधानमन्त्री कृष्णबहादुर महरालगायत वामगठबन्धनका उम्मेदवारलाई जिताउन दाङ भःरेका हुन ।
रोल्पाबाट वामगठबन्धनको तर्फबाट उम्मेदवार बनेका अनन्त निर्वाचन सकिएपछि दोस्रो चरणको निर्वाचनका वामगठबन्धनका उम्मेदवारलाई जिताउन लागेका छन् । उनि माओवादी केन्द्रका प्रदेश नं. ५ का ईन्चार्ज समेत रहेका छन् ।
अनन्तलाई जिताउन महरा दुईपटक रोल्पा आएका थिए । माओवादी केन्द्रका वरिष्ठ नेताहरु महरा र अनन्त राजनीतिक र शैक्षिक रुपमा गुरु चेला छन् । पहिलो चरणमा निर्वाचन भएको रोल्पामा अहिले निर्वाचन सकिएसँगै नेताहरु जिल्ला बाहिर हिडेपछि रोल्पा सुनसान बनेको छ ।