सिम्ताको गोजीमा यस्ताे छ बामको आमसभा


दुर्गा वि.सी, लेकाली अनलाइन
मंसिर १७, पश्चिम सल्यान ।
सुर्खेतको सिम्ता गाउँपालीका स्थीत गोजिवजारमा आज बाम गठबन्धनले विशाल चुनावी सभा गरेको छ ।
चुनावी सभालाई क्षेत्र नं १ का प्रदेश सभा (क) का उम्मेदवार ठम्मर विष्ट, प्रतिनिधी सभाका उम्मेदवार धुव्र कुमार शाहीले बाम गठबन्धलाई भोट दिएर विजय बनाउन सिम्ताबासीलाई आह्वान गरेका छन् । सिम्ताको समग्र सम्वृद्धिको लागि गठबन्धनका उम्मेदवारलाई विजय बनाउन उनिहरुले अपिल गरेका छन् । कृर्षि, पर्यटन, उद्योग, स्वरोजगार, शुलव स्वास्थ्य र शिक्षाको प्रचुर विकास गर्नको लागि बाम गठबन्धनका उम्मेदवारलाई जिताएर हेर्न जनतालाई बाम गठबन्धनका उमेदारहरुले आग्रह गरेका छन् ।

गोजि वजारमा भएको आम सभालाई एमाले केन्द्रीय उपाध्यक्ष तथा ६ नं प्रदेश ईन्चार्ज युवराव ज्ञवाली, माओवादि केन्द्रका माया प्रसाद शर्मा, दुवै पार्टिका सामानुपातिक सभासद सिता नेपाली, सुमित्रा वि.सी निवार्चन प्रचार प्रसार समतीका संयोजक ऐन वहादुर चन्द, माओवादि केन्द्र सुर्खेतका संयोजक कृष्ण जि.सी.लगाएतका वक्ताहरुले आम सभालाई सम्वोधन गरका थिए । आम सभाको अध्यक्षता गरेका सिम्ता गाउँपालीका अध्यक्ष कविन्द्र कुमार के.सीले सिम्ताको दिगो विकासमा अव छिटै फट्को मार्ने वताएका छन् । कुनै भ्रममा नपरी निर्धकसँग मतदान गरि बाम गठबन्धनका सवै उम्मेदवार जिताउन आह्वान गरेका थिए ।

सिम्ताको विकासमा हातेमालो गर्न आफुहरु अहोरात्र खटिरहेको वताएको छ । हजौरा सिम्ताली जनताले प्रदेश तथा प्रतिनिधी सभाका उम्मेदवारलाई स्वागत गरेका थिए ।

प्रकाशित मिति : २०७४ मङ्सिर १७ गते आइतवार