दुर्गा वि.सी., लेकाली अनलाइन
मंसिर १७, पश्चिम सल्यान ।
सल्यानमा आफुहरुले जितेपछि विकासको हव वनाउने बाम गठबन्धनका उम्मेद्वारहरुले आस्वासन दिएका छन् ।
बाम गठबन्धनले आज बनगाड कुपिण्डेको सल्लीवजारमा आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै बामका उम्मेद्वार वस्नेत र शाहले यस्तो बताएका हुन् । विना विभिागीय मन्त्री समेत रहेका सल्यान प्रतिनीधि सभा उम्मेदवार टेक वहादुर वस्नेत र क्षेत्र १ का प्रदेश सभा उम्मेदवार गुलावजंग शाहले एउटै बोलीमा बाम गठबन्ध विना अव देशको विकास सम्भव नभएको भन्दै अवको आवश्यकता बामको हातमा परेकोले सल्यानमा विकासको हव वनाउने दावि गरेका छन् । सल्यानको समृद्धिको लागि बाम गठबन्धनका उम्मेदवारलाई जिताउन अपिल गर्दै उनिहरुले कुनै पनि कुरामा विचलीत नहुन सल्लीबासीहरुलाई आग्रह गरेका छन् । नेकपा माओवादि केन्द्रका नेता रमेश मल्लले पार्टिको आधिकारीक लाईनमा नै मतदान गर्न बन्गाड वासिलाई अपिल गरेका छन् ।
बन्गाड कुपिण्डे नगरपालीका मेयर तथा चुनावी प्रचार समितीका संयोजक गोविन्द कुमार पुनको अध्यक्षतामा भएको आमसभाको सञ्चालन चुनावी प्रचार प्रसार समितीका सह संयोजक धनवहादुर पुनले गरेका थिए । त्यसैगरि साविक घाँजरीपीपल गाविसका पुर्व गाउँ कमिटी सभापति भुपेन्द्रजंग शाह लगाएतका १ दर्जन नेपाली काँग्रेसका नेता तथा कार्यकर्ताले बाम गठबन्धनमा प्रवेश गरेका छन् ।