लेकाली अनलाइन
मंसिर १७, सल्यान ।
आज २६ औं अन्तर्राष्ट्रिय अपांगता दिवस सल्यानमा पनि विभिन्न कार्यक्रम गरी मनाइएको छ ।
‘कोही पनि नछुटुन्, दिगो विकासको नारा ः अपाङ्गता मैत्री योजना कार्यान्वयनमा जुटौँ हामी सारा’ भन्ने राष्ट्रिय नाराका साथ सल्यानको छत्रेश्वरीमा दिवस मनाइएको हो । पाथिभरा अपाङग सेवा समाज दमाचौरको आयोजनामा छत्रेश्वरी गाउँपालीको त्रि.ज.मा.वि. भोटेचौरमा कार्यक्रम भएको हो । तिला वलीको अध्यक्षता र रामहरी कार्किको संचालनमा भएको कार्यक्रमा सोहि विद्यालयका केहि विद्यार्थीहरुलाई सम्मान पनि गरिएको छ ।
विश्व स्वास्थ्य सङ्गठन र विश्व बैंकद्वारा सन् २०११ मा प्रकाशित पछिल्लो अपाङ्गतासम्बन्धी विश्व प्रतिवेदन अनुसार संसारमा कुल जनसङ्ख्याको १५ प्रतिशत मानिस कुनै न कुनै रूपमा अपाङ्गताको अवस्थामा बाँचिरहेका छन् । संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रमले जनाए अनुसार अपाङ्गता भएका व्यक्ति ८० प्रतिशत विकासोन्मुख देशमा रहेका छन् ।