लेकाली अनलाइन
मंसिर १८, धनगढी ।
प्रधानमन्त्री शेरबहादुर देउवा बास बसेको होटल बाहिर बम भेटिएको छ ।
धनगढी उपमहानगरपालिका ५ तारानागरकाे होटल डिभोटी अगाडि रहेको राष्ट्र बैंक अगाडीको पुल नजिकै प्रेसर कुकर बम फेला परेको हो । घर बनाउन बोरामा राखिएको बालुवामा प्रेसर कुकर बम फेला परेको थियो । सो बमलाई तेघरीस्थित सेनाको टोलीले निष्कृय पारेको छ ।
चुनावी प्रचारको क्रममा सुदूरपश्चिमको भ्रमणमा रहेका प्रधानमन्त्री अाइतबार राति उक्त होटलमा बास बसेका थिए । यसअघि हिजो विहान रक्षामन्त्री भीमसेना दास प्रधानको घरमा बम राखिएको थियो भने दिउँसो उपप्रधानमन्त्री गोपालमान श्रेष्ठको गाडीलाई लक्षित स्याङ्जामा अज्ञात समूहले बम विस्फोट गराएको थियो ।