मनिषा राई, लेकाली अनलाइन
मंसिर १८, रोल्पा ।
सात वर्ष पुग्दापनि निर्माणाधिन भवनको काम पुरा नभएको जलजला बहुमुखि क्याम्पस रोल्पामा सोमबार जिल्ला समन्वय समिति रोल्पाका प्रमुख राज बहादुर बुढाले अनुगमन गरेका छन् ।
अनुगमनका क्रममा उनले ठेकेदारको ढिला सुस्ती प्रति असन्तुष्टि जनाउदै मुख्य ठेकेदार र कामको जिम्मा लिएको ठेकेदार लाई कोडिनेसन गरेर काम छिटो गर्न पहल गर्ने बताएका छन् । साथै उनले क्याम्पस राम्रो बनाउन सबै लाग्नु पर्ने मा जोड दिएका छन् । त्यसैक्रममा क्याम्पस प्रमुख विष्णु आचार्यले क्याम्पसको २०६७ साल देखि निर्माणाधिन भवनको काम पुरा नभएको र भवन हस्तान्तरण नहुदा सबैकाम अवरोध भएको जानकारी गराउदै भवनको काम पुरा गरेर हस्तान्तरणको लागि पहल गर्दिन अनुरोध गरेका छन् ।साथै जलजला क्याम्पसका प्राध्यापकहरुले गत साउन देखि तलव नपाएको बताएका छन । क्याम्पस प्रमुख विष्णु आचार्यले आर्थिक अभावको कारणले शिक्षकहरुलाई तलव दिन नसकिएको बताएका छन् । अर्काे बर्षबाट क्याम्पस सरकारी हुने प्रक्रियामा गएकोले केहि सहज हुने आशा उनले व्यक्त गरेका छन् ।