जीवन डाँगी, लेकाली अनलाइन
मंसिर १८, रोल्पा ।
गत १० गते एक चरणको निर्वाचन सम्पन्न भर्इ अब मंसिर २१ गते दास्रो चरणको निर्वाचन हुदैछ । यो निर्वाचनले प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्य चुन्ने छ ।
संसदबादी दलहरु निर्वाचनको अभियानमा छन । रोल्पा, प्युठान, दाङ र सल्यानमा चुनाब केन्द्रित रोचक दृष्य देखिएका छन ।
देउवाको सभामा म्यादीको मृत्यु
चुनाबी नतिजा आ–आफ्नो पक्षमा पार्न पार्टीेहरु तिब्र गतिमा लागेका छन । कांग्रेस दाङले चुनाबी सभाको आयोजना ग¥यो । त्यहाँ प्रधानमन्त्री शेर बहादुर देउवा आउने कार्यक्रम थियो । प्रधानमन्त्री आउने कार्यक्रम भएपछि सुरक्षा ब्यबस्था निकै कडा पारिएको थियो ।
ठाउँ – ठाउँमा नेपाली सेनाको गस्ती र अन्य सुरक्षा निकाय परिचालन गरिएको थियो । पुलसीपुरको चुनाबी सभा नजिकै ३ बजे तिर प्रधानमन्त्री देउवा लक्षित बम बिस्फोट भयो । बिस्फोटबाट केहि घाईते भएभने उपचारको क्रममा एक म्यादी प्रहरीको ज्यान गयो । डियुटीमा रहेका बिनोद चौधरीको बम बिस्फोटका कारण ज्यान गयो ।
बिनोद बमको पिडाले छट्पट्टी रहेका थिए देउवा भने हेलिकप्टरबाट राजधानी तिर उडे । यदि उनीलाई पनि हेलिकप्टरबाट उपचारका लागि लिएको भए उनी अबस्य बाच्ने थिए ।
भोट हाले थबाङ्गीले
बेला–बेला चर्चाको शिखरमा रहेको रोल्पाको थबाङ, यो पटक भने त्यती चर्चामै रहेन । मंसिर १० गतेको चुनाब अघि बिभिन्न कोणले बुझिएको थबाङ निर्वाचन पछिभने सुनसान नै बन्यो ।
नेपाल कम्युनिष्ट पार्टीको आधार ईलाका मानिने उक्त गाउँमा सुन्य मतदान हुने धेरैले शंका गरेका थिए । तर यो कुरा सत्ते भएन । नेकपा चुनाब बहिस्कारको अभियानमा छ । नेकपाका प्रभाबशाली नेता थबाङकै छन । बेला–बेला चुनाब बहिस्कार गरि सुन्य मतदान गरेको थबाङको साख भने यसपटक तोडिएको छ ।
योपटक थबाङ्गीले भोट हाले । जिल्ला निर्वाचन कार्यालय रोल्पका अनुसार थबाङमा ३० प्रतिशत मतदान भयो । यो समयमा उक्त ठाउँमा ३० प्रतिशत मतदान हुनभनेको निकै उपलब्धी भएको कार्यालयले बतायो ।
बागीले मन्त्रीलाई कारबाह्री
बिनबिभागीय मन्त्री एबम् सल्यानबाट बाम बन्धनका उम्मेदवार टेक बहादुर बस्नेत लगायत ५ जनालाई जिल्ला पार्टीले कारबाह्री गरेको छ । बस्नेत बाम गठबन्धनको उम्मेदवार बनेपछि जिल्ला संयोजक कर्ण बुढाथोकी लगायतका केहि नेताहरु असन्तुस्ट रहि बागी उम्मेदवारी समेत दिएका छन । तर उनै बुढाथोकीले बस्तेतलाई साल्यान पार्टीले कारबाह्री गरेको बताए ।
६४ सदस्य जिल्ला समितिमा, बाम गठबन्धन तिर २५ सदस्य मात्रै रहेको बुढाथोकीको दाबी छ । यता बस्नेतले भने पार्टीको आधीकारीक उम्मेदवार आफु रहेको बताउदै, पार्टी हित बिपरित जाने कर्ण बुढाथोकी लगायतको समुहलाई पार्टीले कारबाह्री गरिसकेको जनाए ।
कान्छीको माया जालैमा, सिंह
पुराना कम्युनिष्ट नेता मोहनबिक्रम सिंह अर्धभुमिगत छन । उनी नेकपा मसालको महामन्त्री समेत हुन । राष्ट्रिय जनर्मोचाकी प्रबक्त दुर्गा पौडेल नेता सिंहकी कान्छी पत्नी हुन । मोहनबिक्रमको उमेर ८२ बषै भयो भने दुर्गा उनी भन्दा ३७ बर्षले कम उमेरकी हुन । उनी सांसद पनि भईन । नेतृ पौडेल यतिबेला प्रतिनिधिसभा सदस्यका लागि प्युठान जिल्लाबाट बाम गठबन्धनकी उम्मेदवार छिन ।
बर्षो देखि भोट नहालेका अर्धभुमिगत नेता सिंह, पत्नीनै उम्मेदवार बनेपछि के गर्लान – धेरैलाई चासो थियो । तर उनी यतिबेला प्युठानका गाउँ गाउँमा श्रीमतीका लागि भोट माग्दै हिडिरहेका छन । आफ्नै तरिकाले चुनाबी प्रचारमा लागेका सिंहलाई कान्छी श्रीमती दुर्गाको मायाले तानेको आरोप लगाएका छन ।
लेखक जिवन डाँगी नेपाल पत्रकार महासंघ राेलपाका सचिव हुन् ।