• २०७७ कार्तिक ७ गते शुक्रवार
  • Preeti To Unicode

सल्यानमा बामलाई बागीको बाधा


लेकाली अनलाइन
मंसिर १८, सल्यान ।
कम्युनिष्टहरुको बाहुल्यता रहेको सल्यानमा एमाले माओवादी गठबन्धन बलियो देखिन्छ । तर माओवादी केन्द्रका नेता उमाकान्त शर्मा र भीम प्रकाश शर्माले स्वतन्त्र उम्मेदवारी दिएपछि वाम गठबन्धनलाई चुनौती थपिएको छ । सल्यानमा माओवादीका संस्थापक शेक्रेटरी र सदस्य नै बागी उम्मेदवार उठेपछि बाम गठबन्धनलाई चुनौती थपिएको छ भने त्यसको मौका काँग्रेसले लिने दाउमा रहेको छ । तर त्यस्तो सम्भावना निकै रहेको छ ।

केन्द्रले सल्यानलाई अन्याय गरेको भन्दै माओवादी केन्द्र सल्यानको बहुसंख्यक नेता कार्यकर्ता वागी उम्मेदवारतिर लागेका कारण पनि बामगठबन्धनलाई थप चुनौती थपिएको छ । जिल्लाको बहुसख्यक नेताकार्यकर्ता र जनसमुदाय पनि आफ्नो पक्षमा रहेकाले आफुले जित्ने प्रदेश सभा (क) का स्वतन्त्र उम्मेदवार भीम प्रकाश शर्माको दावी रहेको छ । जनयुद्धको आधारइलाकाको अस्तित्व रक्षा र आम जनसमुदायको भावनाको कदर गर्नका लागि आफ्नो उम्मेदवारी रहेकाले सल्यानी जनताले आफुलाई जीताउने शर्माको भनाई रहेको छ । बाम गठबन्धन प्रति हाम्रो कुनै आक्रोस होइन तर पार्टीले सल्यानप्रति देखाएको विभेद जुन छ त्यसविरुद्धको प्रतिवाद मात्र हो उनले बताए ।

माओवादी केन्द्रले द्धय शर्मालाई कारवाही गरी आधिकारिक उम्मेदवारलाई जिताउन आग्रह गरेको छ । वागीले दिएको उम्मेदवारीले खासै प्रभाव नपार्ने वाम गठबन्धनको भनाई रहेको छ । देशभर बामगठबन्धनको लहर जागेकाले वागीले कुनै प्रभाव नपर्ने वाम गठबन्धनका नेव बहादुर कंवरले बताए । सल्यानमाथि अन्याय भएको अनुभूति आफुहरुलाई भएको भएपनि पार्टीले आधिकारिक रुपमा उम्मेदवार छनौट गरी सकेपछि शोही अनुसार जानुको विकल्प नरहेको उनको भनाई रहेको छ ।

माओवादी केन्द्रका पोलिटव्यूरो सदस्य तथा जिल्ला संयोजक कर्ण बहादुर बुढाथोकीले बाम गठबन्धनको केन्द्रिय निकायले सल्यानमाथि गरेको अत्याचारका विरुद्ध जिल्ला पार्टीले नै निर्णय गरेर स्वतन्त्र उम्मेदवारी दिएको बताए । केन्द्रले द्धय शर्मालाई वागी उम्मेदवारी मानेपनि आफुहरुको भने आधिकारिक उम्मेदवार भएको उहाँको दावी रहेको छ ।
कम्युनिष्ट आन्दोलन भित्र हावी हुदै गएको सर्वासत्ताबादी प्रवृतिका विरुद्ध संघर्ष स्वरुप आफुहरुको उम्मेदवारी रहेको प्रतिनिधि सभासदस्यका लागि वागी उम्मेदवारी दिएको उमाकान्त शर्माले बताए । महान जनयुद्धको त्याग, बलिदान जनभावनाको रक्षा गर्न पनि आफ्नो उम्मेदवारी दिएको उहाँको भनाई रहेको छ ।

सल्यानमा एक प्रतिनिधि सभा र २ प्रदेश सभा रहेका छन् । बामगठन्धनले प्रतिनिधि सभामा माओवादीका नेता तथा विनाविभागिय मन्त्री टेक बहादुर बस्नेतलाई अघि सारेको छ भने प्रदेश सभा सदस्यका लागि निर्वाचन क्षेत्र न क मा एमाले केन्द्रिय सदस्य गुलाबजंग शाह र क्षेत्र न ख मा एमाले कै पोलिटव्यूरो सदस्य प्रकाश ज्वालालाई उम्मेदवारी दिएको छ । यस्तै नेपाली काँग्रेसले प्रतिनिधि सभामा पूर्व शिक्षा राज्यमन्त्री राजेन्द्र बहादुुर शाह , प्रदेश सभा सदस्यमा निर्वाचन क्षेत्र न क मा एकराज डाँगी र ख मा केन्द्रिय सदस्य डिल्लीराज रेग्मीलाई अघि सारेको छ ।

प्रकाशित मिति : २०७४ मङ्सिर १८ गते सोमवार