• २०७७ माघ ६ गते मङ्गलवार
  • Preeti To Unicode

डोल्पाका दुई स्थानीय तह नेकपाकोे कब्जाममा ! जनप्रतिनिधहरुले गाउँ छोडे


लेकाली अनलाइन
मंसिर १८, डाल्पा ।
डोल्पाका दुई स्थानीय तह नेकपाले कब्जामा लिएर नेकपाले आफ्नोे जनसत्ताको बोर्ड टाँसेको छ ।

तल्लो डोल्पाको जगदुल्ला गाँउपालिका र मुड्केचुला गाँउपालिकाको कार्यालयमा स्थानीय सरकारका साईन बोर्ड हटाएर विप्लप नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले गाउँपालिका स्तरिय जनसत्ताको कार्यालय लेखिएको बोर्ड र पार्टीको झण्डा गाँडिएको हो । दलाल पुँजिबादी संसदीय राज्यको विरोध गरेको भन्दै गाँउपालिकाका कार्यालयमा स्थानीय सरकारका झण्डा तथा बोर्ड कुच्चाए आफना झण्डा राखेको नेकपा डोल्पाले बताएको छ ।

सरकारी साईनबोर्डहरु तोडफोड गरेर नेकपाको बोर्ड राखेको स्थानियहरुले जानकारि दिएका छन । तर प्रहरीले भने नेकपाको बोर्ड र झण्डा नभएको भन्दै घटण लुकाउने प्रयास गरेको छ । जिल्ला प्रहरी कार्यालय डोल्पाका प्रहरी नायव उपरिक्षक हरी प्रसाद शर्माका अनुसार गाँउपालिका बोर्ड तोडफोड गरिएका र कुच्चाएर फालिएको भएपनि बिप्लबको झण्डा र बोर्ड नभएको दाबी गरेका छन् ।

निर्वाचन सकिएको केहि दिन देखि मु्ड्केचुला र जगदुल्ला गाँउपालिकामा नेकपाले राज्य विरोधि बिभिन्न खाले क्रियाकलापहरु बढाउदै गएको छ । सरकारले जनबादी सत्ताको बाधक बने जनसंघर्ष मार्फत प्रतिनिधिहरुलाइ जनकारवाहि गर्ने चेतावनी नेकपाको स्रोतले बताएको छ । कारवाहीको चेतावनीसँगै जनप्रतिनिधि गाउँ छोड्न बाध्य भएको बताइएको छ ।

प्रकाशित मिति : २०७४ मङ्सिर १८ गते सोमवार